Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्तका विज्ञहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७४ फाल्गुन १६ गते

नेशनल इन्स्टिच्युट अफ इन्टरप्रेनरशिप डेभलोपमेन्ट प्रा.लि., जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लि. र सेन्टर फर माईक्रोफाईनान्सको संयुक्त आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माईक्रोफाईनान्सका विज्ञहरुको उपस्थितिमा अन्तरक्रिया तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थ कटेज बुटवलमा सम्पन्न कार्यक्रममा ब्रान्डाईस युनिभर्सिटी र कोलम्बिया युनिभर्सिटीका प्रोफेसर तथा रिसर्चर तथा माईक्रो फाईनान्स् विज्ञ जेफरी असी, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लि.का संस्थापक अध्यक्ष, उद्यमशील रुपन्देही परियोजनाका योजनाकार माईक्रोफाईनान्स् विज्ञ डा. मान बहादुर वि.के र सेन्टर फर माईक्रोफाईनान्स्का नायब कार्यकारी अधिकृत नरेश नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माईक्रोफाईनान्स् सम्बन्धी समस्या, कार्यअनुभव र रिसर्चले निकालेको निष्कर्षका विषयमा जानकारी गराएका थिए । 

कार्यक्रममा त्रिलोक लघुवित्त वित्तिय संस्था लि., जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लि., आर.एस.डि.सी.लघुवित्त संस्था लि. उन्नती लघुवित्त वित्तिय संस्था लि., विश्वज्योति बचत तथा ऋण सहकारी संस्था, सत्मार्ग बचत तथा ऋण सहकारी संस्था र सहयात्री बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेकोे थियो । 

कार्यक्रममा सहभागीहरुको जिज्ञासाहरु सहित माईक्रोफाईनान्स विज्ञ जेफरी असीले नेपाल, अफ्रिका, बाङगलादेश, अमेरिका र युरोपेली देशहरुमा भए गरेका माईक्रोफानान्स सम्बन्धी कार्यअनुभव तथा रिसर्चहरुको निष्कर्षका बारेका जानकारी गराएका थिए । त्यसै गरी विज्ञ डा. मान बहादुर वि.के र नरेश नेपालले नेपालमा लघुवित्त कार्यक्रम सम्बन्धी देखिका नितिगत कमजोरी, नियमनकारी निकायहरुको भूमिका, लघुवित्त संस्थाहरुले विपन्न समुदाय पु¥याउनु पर्ने भूमिका र दाहित्वका विषयमा आफ्ना भनाईहरु राखेका थिए ।

कार्यक्रममा विज्ञ डा. मान बहादुर वि.के. ले आगामी दिनहरुमा समेत यस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ सहितको छलफल तथा अन्र्तक्रियालाई निरन्तरता दिनु पर्ने र त्यसका लागि आफुले सहयोग पुर्याउने प्रतिबद्धता गरेका थिए । कार्यक्रममा नीड–नेपाल अध्यक्ष मान बहादुर विश्वकर्मा र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लि.का संचालक बाबुराम विश्वकर्माले संयुक्त रुपमा विज्ञहरुलाई पाल्पाली ढाका टोपी र मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो । कार्यक्रमको संचालन नीड–नेपालका प्रबन्ध संचालक दल बहादुर लोहागुनले गरेका  थिए ।