Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

ज्योति लाइफ इन्स्योरेन्सको तीन नयाँ शाखा संचालनमा

२०७४ पुष १२ गते

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मकवानपुरको हेटौंडा, बागलुङ्गको बागलुङ्ग र तनहुँको दमौलीमा शाखा कार्यालय स्थापना गरी संचालनमा ल्याएको छ । जीवन बीमाको सचेतना अभिवृद्धि गर्दै सर्वसाधारणको पहुँच सहज बनाउन शाखा बिस्तार कार्यलाई प्राथमिकतामा राखेको कम्पनीले एकै साथ तीन शाखाबाट सेवा सुरु गरेको हो । यससँगै उपत्यकाभित्र र बाहिर र ज्योतिको शाखा संख्या २६ पुगेको छ । 

नयाँ योजना सुरु
हालै मात्र एनएमबि बैंक लि.सँग बैंकास्योरेन्स सम्झौता सम्पन्न गरी सेवा थप गरेको यस कम्पनीले ५ वटा जीवन बीमा योजना जारी गरि सेवा प्रदान गरिरहेकोे छ । कम्पनीले मंगलबारदेखि ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी “ज्योति एकल तथा सिमित अवधि सावधिक जीवन बीमालेख” नामक नयाँ योजना समेत जारी गरेको जानकारी दिएको छ । यस बीमा योजनामा सहभागी हुन चाहनेले एकमुष्ट रकम तिर्ने गरी वा सिमित अवधिभित्र भुक्तानी गर्ने गरी वीमालेख खरिद गर्न सक्ने र यसबाट बिमितको जोखिम बहनको साथै आकर्षक प्रतिफल समेत उपलब्ध हुनेछ ।