शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिले निर्देशन गरेबमोजिम चुक्तापुँजी पुर्याएको छ । कम्पनीकोे १३औं वार्षिक साधारण सभाले गतबर्षको मुनाफाबाट २९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेसँगै निर्धारित चुक्तापुँजी पुगेको हो । बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुलाई न्युनतम एक अर्ब रुपैयाँ पुँजी पुर्याउन भनेकोमा शिखरले एक अर्ब पाँच करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको छ ।
साथै, सभाले संस्थापक सेयरमध्ये २० प्रतिशत (कुल सेयरको १४ प्रतिशत) सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने र कर प्रयोजनका लागि १.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब समेत पारित गरेको छ ।