Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

पुस १६ देखि पिमियर इन्स्योरेन्सको एफपिओ, प्रतिकित्ता ७९९ रुपैयाँमा

२०७४ पुष ६ गते

बैंकिङ खबर । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको एफपिओ निष्काशन पुष १६ गतेदेखि सुरु हुने भएको छ । प्रति कित्ता ७९९ रुपैयाँमा प्रिमियरको छ लाख ५९ हजार कित्ता एफपिओ निष्कासन तथा बिक्री खुल्ला हुन लागेको हो । एफपिओ छिटोमा पुष १९ गतेसम्म र ढिलोमा माघ १५ गतेसम्म बिक्री खुल्ला हुनेछ ।

कम्पनीले प्रतिसेयर एक सय रुपैयाँको दरमा थप ६९९ रुपैयाँ प्रिमियम सहित ७९९ रुपैयाँमा सर्वसधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीको एफपिओमा न्यूनतम १० कित्ता र अधिकतम तीन हजार २९० कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । एनएमबि क्यापिटल नागपोखरी, प्रिमियर इन्स्योरेन्स कम्पनी नक्साल र आस्वा सुविधा भएका संम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट एफपिओ खरिदका लागि आवेदन दिन पाइनेछ ।

एफपिओ निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख रुपैयाँ पुग्ने छ भने संस्थापक र साधारण सेयर अनुपात ५२.३१ः४७.६९ हुनेछ ।