नेपालको १२ औं जीबन बीमा कम्पनीको रुपमा संचालित ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र बैंक अफ द इएर २०१७ बाट सम्मानित एनएमबि बैंक लिमिटेडका बिच बैंकास्योरेन्स सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बुधबार एक समारोहकाबीच दुई संस्थाबीच सम्झौता सम्पन्न भयो । सम्झौतापत्रमा ज्योति लाइफ इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाशविक्रम खत्री तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सि.ले हस्ताक्षर गरे ।
यसअघि ज्योति लाइफ इन्स्योरेन्सका २३ वटा शाखा संजालमार्फत जीबन बीमा सेवा प्रदान भइरहेकोमा यो सम्झौतापश्चात आगामि दिनमा एनएमबि बैंक लि. का ९० भन्दा बढी शाखा संजालबाट समेत नेपाली जनताले एनएमबि बैंकको बैंकिंग सेवाका अलावा ज्योति लाइफ इन्स्योरेन्सका जीवन बीमा योजनामा सहभागि हुन र जीवन बीमा लेख सहजै खरिद गर्न सक्नेछन् ।
जीवनयापनका क्रममाआइपर्न सक्ने दुर्घटना, अशक्तता, घातक रोग, असामयिक मृत्युको कारण परिवारजनमा पर्ने कठिनाइलाई सहज गराउन तथा भविष्यका लागि बचत तथा अवकास कोषको रुपमा समेत जीवन वीमाबाट लाभ लिन सक्ने भएकोले यो साझेदारीबाट बीमाको साक्षरता तथा पहुँच अभिवृद्धि गर्नमा अझ टेवा पुग्नेमा कम्पनी विश्वस्त रहेको छ ।