गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक लिमिटेडका बीच शुक्रबार बैंकास्योरेम्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौताअनुसार, जनता बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक, आजीवन र पेन्सन जीवन बीमा योजनासहित १२ वटा जीवन बीमा योजना विक्री गर्नेछ ।
जनता बैंक लिमिटेडका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट यस कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।


