बैंकिङ खबर । तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न एनआईसी एशिया बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बैंकले एक हजार रुपैयाँ अंकित ३० लाख कित्ता ऋणपत्र निष्कासनको लागि शुक्रबार अनुमति पाएको हो ।
बैंकले ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणलाई र बाँकी दुई अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र आफ्नै पहलमा अन्य संघ संस्थालाई बिक्री गर्नेछ ।
सात वर्षे अवधिको यो ऋणपत्रको व्याजदर नौ प्रतिशत रहेको छ । प्रत्येक छ महिनामा ब्याज पाइने यो ऋणपत्र दोस्रो बजारमा समेत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।