Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले कति पाउने भए बोनस सेयर ?

२०७४ मंसिर २८ गते

बैंकिङ खबर । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीले १० प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव अघि सारेको हो । प्रस्तावित बोनस सेयर बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् । 

एभरेष्टले ७२ करोड ९० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेर चुक्तापुँजी ८५ करोड रुपैयाँ पुर्याउँदै छ । बीमा समितिको निर्देशनअनुसार, आगामी असार मसान्तभित्रै एक अर्ब चुक्तापुँजी पुर्याउनका लागि कम्पनीले बोनस सेयर प्रस्ताव गरेको हो ।