Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एलआईसी नेपाल र ग्रामीण महिला उत्थान केन्द्रबीच बैंकास्योरेन्स सम्झौता

२०७४ मंसिर २७ गते

ग्रामीण महिला उत्थान केन्द्र (RWDC) घोराही दाङ्गले एल.आई.सी नेपाल लि.सँग बैंकास्योरेन्स सम्झौता गरेको छ । केन्द्रका निर्देशक सोगत चौधरी र एल.आई.सी नेपालका का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले एक समारोहबीच सम्झौतामा हस्ताक्षर गरे । ग्रामीण महिला उत्थान केन्द्रका निर्देशक चौधरीले एलआईसीको बीमा योजनाहरु राम्रा रहेकाले ती बीमा योजनामार्फत आफ्ना ग्राहकहरुलाई बचत तथा आर्थिक सुरक्षामा सहयोग गर्ने बताए ।