Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्राइमलाइफ इन्स्योरेन्सले सुरु गर्यो नयाँ बीमा योजना 

२०७४ मंसिर २० गते

प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ जीवन बीमा योजना सुरु गरेको छ । ७३ जिल्लामा रहेका १२९ वटा कार्यालयबाट आम जनताको रोजाइ र चाहना अनुसारका बीमा योजनाहरु मार्फत छिटो, छरितो र उत्कृष्ट सेवा प्रदान गरीरहेको कम्पनीले प्राइम लाइफ म्यादी जीवन बीमा योजना बजारमा ल्याएको हो । 

यस बीमा योजनाका मुख्य विषेशताहरु
१. यस योजनाको मुख्य विषेशता भनेकै न्युन आय लक्षित वर्गलाई समेट्ने उद्देश्यले एकदमै सानो रकम मात्र १ रुपैया दैनिकबाट आफ्नो जीवन सुरक्षित हुने ।
२. बीमा अवधि समाप्ती नहुदै बीमा चालु रहेको अवस्थामा बीमीतको मृत्यु भएमा पुरै बिमाङ्क रकम बीमीतको हकवाला वा कानुन अनुसार सबैभन्दा नजिकको व्यक्तिलाई प्रदान गरिने ।
३. दोहोरो दुर्घटना सुविधा अर्थात बीमा अवधि समाप्ती नहुदै बीमा चालु रहेको अवस्थामा बीमीतको दुर्घटनाको कारणबाट मृत्यु भएमा पुरा बिमाङ्क रकमको दोब्बर बीमीतको हकवाला वा कानुन अनुसारको सबैभन्दा नजिकको व्यक्तिलाई प्रदान गरिने ।
४. न्युनतम बिमाङ्क रकम १ लाख देखि अधिकतम बीमीतको इच्छा अनुसार असिमीत बिमाङ्कको गर्न सक्ने ।
५. १६ वर्ष देखि माथी ६५ बर्ष सम्मका स्वस्थ व्यक्तीहरुले यो बीमा गर्न सक्ने साथै बीमा अवधि न्युनतम ५ वर्ष देखि माथी ३५ बर्ष सम्मको हुने ।