महालक्ष्मी विकास बैंक लिमिटेडले विहीबारदेखि एकैसाथ चार शाखाहरुबाट कारोबार संचालन गर्ने भएको छ । बैंकले बाजुराको मार्तडी, बझाङ्गको चैनपुर, बैतडीको पाटन र दाङ्गको घोराही गरी चार शाखाहरुबाट एकै साथ बैंकिङ कारोबार सञ्चालन गर्न लागेको हो ।
सुदुरपश्चिमको बाजुरा, बझाङ्ग र बैतडीमा शाखाहरु सञ्चालन गरेर महालक्ष्मी विकास बैंक उक्त स्थानहरुमा शाखा खोल्ने प्रथम राष्ट्रिय स्तरको विकास बैंक बन्न सफल भएको छ । नयाँ शाखाहरुसहित बैंकको शाखा संख्या ७० पुगेको छ भने एटिएम संख्या ३५ रहेको छ । बैंकले छिटै दार्चुलाको गोकुलेश्वरमा पनि शाखा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
विकास बैंकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको महालक्ष्मी विकास बैंकले कात्र्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

