२०७४ मंसिर ४ गते

ज्योति लाइफ इन्स्योरेन्सको १६औँ शाखा जनकपूरमा

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धनुषा जिल्लाको जनकपुरमा नयाँ शाखा विस्तार गरेको छ । हालसम्म काठमाडौँ उपत्यकाभित्र ज्ञानेश्वर, गोंगबु, जोरपाटी, किर्तिपुर, पुल्चोक, र सुर्यविनायक तथा उपत्यकाबाहिर नारायणगढ, विरगंज, पोखरा, चन्द्रनिगाहपुर, सिन्धुली, निजगढ, टिकापुर, बनेपा र नेपालगञ्जमा गरी १५ शाखा विस्तार गरेको कम्पनीले १६औँ शाखा जनकपूरमा स्थापना गरेको हो । यस शाखा कार्यालय संचालन पश्चात आसपासका शहरी तथा ग्रामिण क्षेत्रका जनमानसमा बीमाको साक्षरता तथा पहुँच अभिवृद्धि गर्नमा सहयोगि हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । 

विभिन्न पेशा, उद्योग, व्यवसाय, वित्तीय क्षेत्रमा लब्ध प्रतिष्ठित, उच्च छवी तथा सफलव्यवसायिक पृष्ठभुमी भएकाव्यक्तितथा संस्थाहरु लगायत एनआइशि एसिया बैंक समेत प्रबद्र्धक रहेको यस कम्पनीको रजिष्टर्ड कार्यालय, पोखरा, कास्की र प्रधान कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर, काठमाडौँमा रहेको छ । अधिकृत पुँजी रु. तीन अर्व, जारी पुँजी रु. २.२० अर्ब मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु.१.५४ अर्ब चुक्तापुँजी रहेको यस कम्पनीले निकट भविष्यमा रु.६६ करोडको सर्वसाधारणको लागि सेयर जारी गरी चुक्तापुँजी रु. २.२०अर्ब पुर्याउने जनाएको छ । 

कम्पनीको संचालक समितिको अध्यक्षमा सफल व्यवसायि तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष पशुपति मुरारका रहेका छन् भने अन्य संचालकहरुमा विभिन्नउद्योग, व्यवसाय, बैंक तथा बीमा क्षेत्रमा अनुभवी व्यक्तिहरु रहेका छन् । यसअघि राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकिङ्ग तथा बीमाको क्षेत्रमा लामो कार्यअनुभव हासिल गरेका प्रकाश विक्रम खत्रीले कार्यकारी उप– प्रमुखको रुपमा कम्पनीको व्यवस्थापनको नेतृत्व गरेका छन् ।  

अवधि समाप्ति वा मृत्यु पश्चात मात्र जीवन बीमाको रकम पाइने आम बुझाईलाई परिवर्तन गर्ने तथा घातक रोगको उपचारमा सहयोगि बन्ने उद्देश्यले कुनै घातक रोग लागिउ पचार गराउन परेको खण्डमा अधिकतम रु. १० लाख सम्मको अतिरिक्त सुविधा योजनामा समेत बिमितले सहभागि हुन पाउने गरी हाल ५ वटा जीवन बीमा योजना जारी गरि सेवा प्रदान गरिरहेकोे यस कम्पनीले आगामी दिनमा नयाँ वीमा योजनाहरु जारी गरी सेवा विस्तार गर्ने बताएको छ ।