Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तीन अर्ब रुपैयाँको ऋणपत्र विक्री गर्दै ‘एनआईसी एशिया बैंक’

२०७४ कार्तिक २६ गते

एनआईसी एशिया बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको “एनआईसी एशिया ऋणपत्र २०८१/८२” निष्काशन गर्ने भएको छ । एक हजार रुपैयाँ अंकित दरमा ३० लाख कित्ता ऋणपत्र निष्काशनका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ । 

ऋणपत्र निष्काशन सम्बन्धि सम्झौतापत्रमा एनआईसी एशिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले हस्ताक्षर गरे । 

तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (दुई अर्ब ४० करोड रुपैयाँ) व्यक्तिगत र २० प्रतिशत (६० करोड रुपैयाँ) सर्वसाधारणहरुका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्कासन तथा बिक्री खुला गरिनेछ । प्रस्तावित नौ प्रतिशत बार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज झुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि ऋणपत्र निष्कासन गर्न लागिएकोे छ ।

यस ऋणपत्रले लगानीकर्तालाई उच्चतम प्रतिफल प्राप्त गर्ने सुवर्ण अवसर दिने विश्वास बैंकले लिएको छ ।