Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

काठमाडौँमा घर किन्न सजिलो, सबैजसो बैंकको सरल कर्जा

२०७४ कार्तिक २४ गते

बैंकिङ खबर । सबै जसो बैंकले सरल रुपमा घरकर्जा उपलब्ध गराउन थालेपनि अब राजधानीमा घर किन्न सजिलो भएको छ । बैंकहरुले घरकर्जालाई नै लक्षित गरेर प्रतिष्पर्धात्मक रुपमा आकर्षक योजना ल्याउन थालेपनि तत्काल पैसा नहुनेले पनि घर बनाउन सक्ने अवस्था सिर्जना भएको हो ।

हालै मात्र एनएमबि बैंकले घर बनाउन अथवा नयाँ घर—जग्गा किन्नका लागि ३५ वर्षे लामो समय अवधि भएको आर्कषक घर कर्जा योजना ल्याएको छ । निम्न तथा मध्य आय भएका ग्राहकहरुलाई आफ्नो सपनाको घर बनाउन कम आर्थिक भार परोस भन्ने उद्देश्यले यो योजना ल्याएको बैंकले जनाएको छ । अतुलनिय ब्याज दर, न्युनतम मासिक किस्ता तथा लामो समय अवधि भएकाले समग्र ग्राहकवर्गलाई समेट्ने बैंकको विश्वास रहेकोे छ । ३५ वर्षे लामो समय अवधि भएको यो योजना नेपाली बैकिङ्ग क्षेत्रमै पहिलो तथा नौलो रहेको छ । बैंकले यस कर्जाको लागि १०.५ प्रतिशत व्याजदर तोकेको एनएमबी बैंक कल सेन्टरका सुरेश पाण्डेले बताए ।

त्यस्तै, प्रभु बैंकले न्युनतम् १०.५ प्रतिशतदेखि अधिकतम् ११.७५ प्रतिशतसम्म व्याजदरमा घर कर्जा उपलब्ध गराउने गरेको छ । कर्जा शाखाका दिपक भुषालका अनुसार प्रभुले कर्जाको अवधि हेरेर १०.५ प्रतिशतदेखि अधिकतम् ११.७५ प्रतिशतसम्म व्याज लिने गरेको छ । बैंकले तीन बर्षदेखि २५ बर्षसम्मको अवधिका लागि घर कर्जा उपलब्ध गराइरहेको छ ।

एनआईसी एशिया बैंकले घर कर्जाका लागि न्युनतम ५ बर्षदेखि अधिकत् २५ बर्षसम्मको अवधिमा लगानी गरिरहेको छ । बैंकले घर कर्जाका लागि १०.८ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइरहेको कर्जा शाखाकी स्वपनील अमात्यले बताइन् ।

त्यसैगरी, लक्ष्मी बैंकले अहिले दुई प्रकारको व्याजदरमा घरकर्जा दिइरहेको छ । बैंकले भइराखेको घर धितोमा राखी कर्जा लिन चाहनेका लागि १३.१६ प्रतिशतमा र नयाँ घर किन्नका लागि १२.६६ प्रतिशतमा घर कर्जा उपलब्ध गराउने कर्जा शाखाका शास्वत विक्रम राणाले बताए । राणाका अनुसार कर्जाको अवधि भने बैंकले अधिकतम् १५ बर्ष तोकेको छ ।

यी चार बैंकबाहेक, अन्य बैंकले पनि बढीमा २५ वर्षसम्मको अवधिमा ऋण तिर्न पाइने गरी घरकर्जा उपलब्ध गराइरहेका छन् । यसले घर बनाउन तत्काल पैसा नभएका व्यक्तिले बैंकबाट कर्जा लिएर घर बनाउन सक्नेछन् । उक्त कर्जा किस्ता किस्तामा विस्तारै चुक्ता गर्न पाइने भएकाले कर्जाको भार पनि धेरै नपर्ने हुँदा सर्वसाधारणहरुलाई सहज भएको छ ।

केही समयअघि, बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव हुँदा बैंकहरुले घरजग्गामा लगानी गर्न बन्द गरेका थिए । पछिल्लो समय पनि तरलता अभावको समस्या नरहेपनि बैंकहरुले पुनः आकर्षक योजनासहतिको घर कर्जा उपलब्ध गराउन थालेका छन् ।