Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनएमबि बैंकले ल्यायो ३५ वर्ष अवधिको घर कर्जा योजना

२०७४ कार्तिक १५ गते

एनएमबि बैंकले घर बनाउन अथवा नयाँ घर—जग्गा किन्नका लागि ३५ वर्षे लामो समय अवधि भएको आर्कषक घरकर्जा योजना ल्याएको छ । निम्न तथा मध्य आय भएका ग्राहकहरुलाई आफ्नो सपनाको घर बनाउन कम आर्थिक भार परोस भन्ने उद्देश्यले यो योजना ल्याएको बैंकले जनाएको छ । अतुलनिय ब्याज दर, न्युनतम मासिक किस्ता तथा लामो समय अवधि भएकाले समग्र ग्राहकवर्गलाई समेट्ने बैंकको विश्वास रहेकोे छ । ३५ वर्षे लामो समय अवधि भएको यो योजना नेपाली बैकिङ्ग क्षेत्रमै पहिलो तथा नौलो रहेको छ ।