बैंकिङ खबर । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीले यस वर्ष ३०.५२ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीको सोमबार बसेको संचालक समितिको बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो ।
हाल ८१ करोड ७६ लाख ६८ हजार तीन सय रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीले कुल २४ करोड ९६ लाख चार हजार सात रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ । जसमध्ये, २३ करोड ७१ लाख २३ हजार आठ सय सात रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने एक करोड २४ लाख ८० हजार दुई सय रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।


