Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कालिका पावरको १८ लाख कित्ता आईपिओ आउँदै, पहिलो चरणमा स्थानीयका लागि

२०७४ आश्विन २९ गते

कालिका पावर कम्पनी लिमिटेडले १८ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १८ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित गोरखा जिल्लाका लागि छ करोडको छ लाख कित्ता सेयर विक्री गर्ने जनाएको छ । त्यसपश्चात सर्वसधारण र कर्मचारीलाई गरी १२ करोडको १२ लाख कित्ता सेयर जारी गर्ने कम्पनीले जनाएको छ । 

पहिलो चरणमा स्थानीयको लागि छ लाख कित्ता आईपिओ जारी गर्न कम्पनीले धितोपत्र बोर्डको अनुमति मागेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा काठमाण्डु क्यापिटल मार्केट र ग्लोबल आइएमइ क्यापिटल रहेका छन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको समग्र अवस्था हेर्दा आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी कालिका जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले प्राथमिक सेयरबाट उठेको रकम ठकेदार र अल्पकालिन कर्जा भुक्तान गर्न प्रयोग गर्ने र केही रकम दिर्घकालिन कर्जा भुक्तानीको लागि प्रयोग गरिने बताइएको छ ।

सेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी ७८ करोड रुपैयाँ पुग्नेछ ।