Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

भूकम्पपीडितले थप तीन लाख रुपैयाँ निर्ब्याजी ऋण पाउने

२०७४ आश्विन २३ गते

भूकम्प पीडितहरुले सरकारी अनुदानमा बन्दै गरेको घर नै धितो राखेर थप तीन लाख निर्ब्याजी ऋण पाउने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । सरकारले भूकम्प पीडितहरुलाई सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि बनाएपछि बैंकहरुले विनाधितो ऋण दिन नमानेपछि धितो जमानी राख्ने व्यवस्था गरिएको बताइएको छ ।