२०७४ आश्विन ५ गते

धमाधम संचालनको तयारीमा नयाँ लाइफ इन्स्योरेन्सहरु

बीमा समितिबाट संचालनको अनुमति पाएका जी बीमा समितिले गत जेठ पहिलो साता १० वटा जिबन बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । आइएमइ, रिलायन्स, महालक्ष्मी, सानिमा, सन नेपाल, स्टार, सिटिजन, रिलायबल, ज्योति र युनियन लाइफ इन्स्योरेन्सलाई लाइसेन्स पाएका थिए । जसमध्ये, आईएमई लाइफ इन्स्योरेन्सले गत भदौ १ गतेदेखि नै व्यवसाय सुरु गरिसकेको छ । बाँकी कम्पनीहरु पनि छिटै संचालनमा आउने तयारीमा छन् । 

दशैँअघि तीन जीवन बीमा कम्पनी थपिँदै
दशैँअघि नै तीन वटा कम्पनीले व्यवसाय थाल्दैछन् । सन लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले दशैँअघि नै व्यवसाय सुरु गर्ने बताएका छन् । सन लाईफ र युनियन लाइफ इन्स्योरेन्सले असोज ६ गते शुक्रबारदेखि कारोबार सुरु गर्दैछन् भने ज्योति लाइफ इन्स्योरेन्सले पनि असोज ८ गते कारोबार सुरु गर्दैछ । कर्पोरेट कार्यालय कमलादीमा रहेको सन लाईफको अध्यक्षमा अजुज कायल छन् । त्यस्तै, युनियन लाइफको अध्यक्ष सुलभ अग्रवाल र सीइओ मनोज कर्ण छन् भने ज्योतिको अध्यक्ष पशुपति मुरारका र महाप्रबन्धकमा प्रकाश खत्री छन् ।

रिलायबल लाइफ इन्स्योरेन्सले पनि व्यवसाय संचालनको लागि कार्यालय, जनशक्ति लगायत अन्य पूर्वाधारहरु तयार गरिसकेको जानकारी दिँदै अब दशैँअगाडी नै व्यवसाय सुरु गर्ने बताएको थियो । यद्यपि, हालसम्म कम्पनीले व्यवसाय सुरु गर्ने मिति सार्वजनिक गरेको छैन । कर्पोरेट कार्यालय काठमाडौंको ज्ञानेश्वरमा रहने कम्पनीको प्रमुख कार्याकारी अधिकृत (सीईओ)मा नारायणबाबु लोहनी रहेका छन् ।