२०७४ आश्विन २ गते

आयल निगमका कार्यकारी निर्देशक बर्खास्त

नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का पदबाट बर्खास्त भएका छन् । खड्कालाई सोमबार बसेको मन्त्री परिषदको बैठकले बर्खास्त गरेको हो । 

उनीमाथि निगमको जग्गा खरिद प्रक्रियामा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लागेको थियो । संसदीय समिति र मन्त्रालयको अध्ययनबाट इन्धन भण्डारणका लागि भैरहवा, चितवन, झापा र सर्लाहीमा करिब चार गुणा बढी मूल्य तिरेर अनियमितता गरेको विभिन्न अनुसन्धान प्रतिवेदनले पुष्टि गरेपछि सरकारले खड्कालाई पदच्यूत गरेको हो ।