Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आधा दर्जन बैंकको हकप्रद सेयर खुला : कहिलेसम्म छ, आवेदन दिने म्याद ?

२०७४ भाद्र ३१ गते

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले निष्काशन गरिरहेको ४० प्रतिशत हकप्रद सेयर सोमबारसम्म खुला रहनेछ । बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ८८ करोड ५४ लाख २५ हजार सात सय रुपैयाँको एक करोड ८८ लाख ५४ हजार दुई सय ५७ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । सेयरमा असार २६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । यसअघि सेञ्चुरीमा गाभिएका इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकका सेयरधनीले समेत हकप्रदमा आवेदन गर्न पाउनेछन् । सिभिल क्यापिटल मार्केट लिमिटेड, सीटीसी मल सुन्धारा, काठमाडौं र सेञ्चुरी कमर्सियल बैंकका सबै शाखा कार्यालयहरुबाट बैंकको हकप्रदमा आवेदन दिन पाइनेछ । 

मेगा बैंक नेपाल लिमिटेडले ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले  बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब ९७ करोड ८५ लाख तीन हजार चार सय ६३ रुपैयाँ बराबरको दुई करोड ९७ लाख ८५ हजार ३४ दशमलव ३६ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रद सेयर निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल, मेगा बैंककको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन पाइनेछ । हकप्रद निष्काशन असोज ३० गतेसम्म खुला रहनेछ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ६१ करोड ७० लाख ८६ हजार ५०४ रुपैयाँको ६१ लाख ७० हजार आठ सय ६५ कित्ता सेयर निष्काशन गरेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यालिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनआईबीएल क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकका सबै शाखाहरुबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । त्यसैगरी नेपाल इन्भेष्टभेन्ट बैंकको विराटनगर, नेपालगन्ज र धनगढी शाखाबाट पनि हकप्रद सेयरमा आवेदन गर्न सकिने बताइएको छ । सेयर निष्काशन असोज ८ गतेसम्म हुनेछ । 

काबेली विकास बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ५० लाख ४८ हजार रुपैयाँ बराबरको तीन लाख ५० हजार आठ सय ८० कित्ता सेयर निष्काशन गरेको छ । उक्त सेयरमा साउन १९ गतेसम्म कायम सेयरधनीले असोज २१ गतेसम्म आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । ग्लोबल आइएमई  क्यापिटल जमल, काबेली विकास बैंकका केन्द्रिय तथा शाखा कार्यालयहरु, ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु वीरगञ्ज, इटहरी, जनकपुर, चितवन, पोखरा, नेपालगंज, बुटवलमा हकप्रदका आवेदन दिन पाइनेछ । 

यता, सिन्धु विकास बैंकले १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २० करोड ९७ लाख ५४ हजार रुपैयाँ बराबरको २० लाख ९७ हजार पाँच सय ४० कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । उक्त सेयरमा भदौ ८ गतेसम्म कायम सेयरधनीले असोज २२ गतेसम्म आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । एनआईबीएल क्यापिटल, सिन्धु विकास बैंकको प्रधान कार्यालय बाह्रबिस सिन्धुपाल्चोक, कर्पोरेट कार्यालय बनेपा, शाखा कार्यालय बनेपा, मेलम्ची, खाडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल तथा चरिकोट, बैंकिङ इकाई सिपाघाट काभ्रे र सुकुटे सिन्धुपाल्चोकबाट उक्त हकप्रदका लागि आवेदन दिन सकिनेछ । साथमा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय चिप्लेढुँगा पोखरा, विराटनगर, वीरगञ्ज, नारायाणघाट, बुटवल, नेपालगञ्ज र धनगढीबाट पनि आवेदन दिन सकिने बताइएको छ ।

अरुण फाइनान्स लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एककोे अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । असोज ९ गतेसम्म खुला रहने सेयरमा साउन ९ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । फाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

Ad