Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर लिलामी भदौ २८ गतेदेखि

२०७४ भाद्र २२ गते

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारण तर्फको ४२ हजार आठ सय १५ कित्ता हकप्रद सेयर लिलामीमा निकाल्ने भएको छ । कम्पनीको सेयर बोलकबोलमार्फत खरिद गर्न इच्छुक लगानीकर्ताले भदौ २८ देखि असोज ६ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयरमा न्यूनतम १०० कित्ताका लागि कम्तीमा प्रतिकित्ता १०० रुपैयाँ अंकित गरी आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले असार ३० देखि भदौ १ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । कम्पनीको हाल ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।