२०७४ भाद्र १४ गते

पोखरा फाइनान्सको ‘फेस्टिभ अफर’, लकर र कर्जामा विशेष छुट

पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले २०७४ सालको आगामी चाडपर्वहरुलाई लक्षित गरी लकर सेवा तथा विभिन्न कर्जाहरुमा छुटको योजना ल्याएको छ । साथमा छिटो छरितो रुपले कर्जा प्रवाह गर्ने समेत कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत संस्थाले प्रवाह गरिने कर्जाहरुमा सुलभ व्याजको अलावा लकर सेवा शुल्कमा शुरु वर्षमा ५० प्रतिशत एवं कर्जाको प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत समेत छुट गरिने भएको छ । यो योजना सीमित अवधिको लागि रहेको जानकारी कम्पनीले दिएको छ । 

पोखरा फाइनान्सले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको चुक्तापुँजी कायम गर्नको लागि हालैमात्र एफपिओ जारी गरेको छ । साथमा छिटै नै १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने र गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर वितरण गर्ने योजना बनाएको छ । उक्त एफपिओ, हकप्रद र बोनस सेयर वितरण गरेपछि चुक्तापुँजी ८० करोड रुपैयाँ नाघ्ने फाइनान्सका कार्यकारी प्रमुख राज कुमार गुरुङले बताए ।