नेपालमा पूर्वाधार विकास बैंक खोल्न चीनले चासो देखाएको छ । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको लाइसेन्सिङ खुला गरेको दुई सातापछि चिनले नेपाल सरकारलाई पूर्वाधार विकास बैंक खोल्ने प्रस्ताव पठाएको हो । चीनको झोङ इ रिचवे होल्डिङ (संघाइ) लिमिटेडले एक खर्ब रुपैयाँको पूर्वाधार विकास बैंक खोल्ने लिखित प्रस्ताव पठाएको बताइएको छ । नेपालमा पूर्वाधार विकास बैंक खोल्नका लागि कम्तिमा २० अर्ब रुपैयाँ चुक्ता पूँजी चाहिने प्रावधान रहेको छ ।
चीनद्धारा पठाइएको प्रस्तावमा, २० अर्ब रुपैयाँ बराबरको सेयर नेपाल सरकारलाई निशूल्क दिने, बैंकमार्फत पूर्वाधार निर्माणका साथै गोल्ड क्वाइनदेखि फाइनान्सियल डेरिभेटिभ्स जारी गर्ने लगायतका विषयहरु उल्लेख गरिएको छ । अर्थमन्त्रालयले चीनले पठाएको प्रस्तावमाथि राष्ट्र बैंकको राय माग गरेको छ ।