२०७४ भाद्र १४ गते

२० फाइनान्स कम्पनीहरु : गत आर्थिक वर्षमा कुनको मुनाफा कति ?

रुपा कोइराला । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएका ३२ फाइनान्स कम्पनीहरुमध्ये, २० वटा कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । कम्पनीहरुद्धारा सार्वजनिक अपरिष्कृत वित्तीय विवरणलाई हेर्दा युनियनबाहेक सबै फाइनान्स कम्पनीहरु नाफामा छन् ।

आईसीएफसी अगाडी
आईसीएफसी फाइनान्स लिमिटेड चुक्तापुँजी, जगेडाकोष र नाफा सबैमा अरु फाइनान्स कम्पनीहरुभन्दा अगाडी छ । गत आर्थिक वर्षमा आईएसीएफसीले १९ करोड ५२ लाख ८० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । असार मसान्तको तथ्यांकअनुसार यो फाइनान्सको चुक्तापुँजी ८० करोड १७ लाख ८४ हजार रुपैयाँ पुगिसकेको छ भने जगेडाकोषमा ३५ करोड ५८ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

१० फाइनान्सको नाफा १० करोडमाथि
आईसीएफसीबाहेक नौ वटा फाइनान्स कम्पनीको खुद मुनाफा १० करोडमाथि रहेको छ । सिनर्जी फाइनान्सले १८ करोड ११ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्दा श्री इन्भेष्टमेन्ट फाइनान्स, गोर्खाज फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्सले क्रमशः १४ करोड ४७ लाख ७८ हजार रुपैयाँ, १३ करोड ७५ लाख १४ हजार रुपैयाँ र १३ करोड ५० लाख २७ हजार रुपैयाँ नाफा कमाएका छन् । गुहेश्वरी र ललितपूर फाइनान्सको नाफा १२ करोड तथा जानकी र युनाइटेड फाइनान्सको नाफा ११ करोड नाघेको छ । गुहेश्वरीले १२ करोड ९२ लाख ७० हजार रुपैयाँ, ललितपूरले १२ करोड ५३ लाख ५५ हजार रुपैयाँ, जानकीले ११ करोड ८३ लाख ३५ हजार रुपैयाँ र युनाइटेड फाइनान्सले ११ करोड ६९ लाख ७६ हजार रुपैयाँ नाफा कमाएका छन् । रिलायन्स फाइनान्सले १० करोड ९८ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

करोडमाथि नाफा कमाएका बाँकी सात फाइनान्स कम्पनीहरु
गुडविल र सेन्ट्रल फाइनान्सले क्रमशः नौ करोड ६० लाख ७४ हजार रुपैयाँ र नौ करोड नौ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्दा पोखराले आठ करोड ७७ लाख ७७ हजार रुपैयाँ र मञ्जुश्रीले छ करोड ४२ लाख ९० हजार रुपैयाँ नाफा गरेका छन् भने अरुण फाइनान्सले एक करोड ४६ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, प्रोग्रेसिभ फाइनान्सले एक करोड ४० लाख ३५ हजार रुपैयाँ नाफा गरेको छ ।

दुई फाइनान्सको नाफा न्यून
दुई फाइनान्स कम्पनीहरुले भने एकदमै थोरै मुनाफा आर्जन गरेका छन् । मल्टिपर्पोज फाइनान्सले ५८ लाख ७४ हजार रुपैयाँ खुद नाफा गरेको छ । सबैभन्दा थोरै नाफा जनरल फाइनान्सले गरेको छ । यो फाइनान्सले गत आर्थिक वर्षमा जम्मा दुई लाख ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

नोक्सानमा युनियन फाइनान्स
सबै फाइनान्स कम्पनीहरु नाफामा जाँदा युनियन फाइनान्स भने गत आर्थिक वर्षमा चार लाख दुई हजार रुपैयाँ नोक्सानमा गएको छ । भर्खरै १७ करोड ६५ लाख ८५ हजार रुपैयाँ चुक्तापुँजी पुर्याएको युनियनको जगेडाकोष पनि ऋणात्मक रहेको छ ।