२०७४ भाद्र १२ गते

यी हुन्, राष्ट्र बैंकले नियमन गर्ने १४ सहकारीहरु

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्ने गर्दछ । साथमा केही सहकारीहरुको नियमन पनि राष्ट्र बैंकले गर्ने गरेको छ । वास्तवमा सहकारी संस्थाहरुको नियमन गर्ने काम सहकारी विभागको हो । तर, सहकारीहरुको नियामक कमजोर भइदिँदा ठगीहरु बढ्ने गरेको र सर्वसाधारणको रकमको दुरुपयोग हुने गरेको पाइएपछि केही ठूला कारोबार गर्ने सहकारीहरुलाई राष्ट्र बैंकले नै नियमन गर्दै आएको छ । अहिले राष्ट्र बैंकले १४ वटा सहकारी संस्थाहरुलाई नियमन गर्दै आएको छ ।

श्री नवजीवन कोअपरेटिभ लिमिटेड
कैलाली जिल्लाको धनगढीमा केन्द्रीय कार्यालय रहेको श्री नवजीवन कोअपरेटिभ लिमिटेडको चुक्तापुँजी १३ करोड ८० लाख रुपैयाँ रहेको छ । यो सहकारीको स्थापना २०५० साल मंसिर ३० गते भएको थियो ।

सगुन सहकारी संस्था लिमिटेड
काठमाडौँको क्षेत्रपाटीमा केन्द्रीय कार्यालय रहेको सगुन कोअपरेटिभ सोसाइटी लिमिटेडको स्थापना २०५१ साल असोज २३ गते भएको थियो । यो सहकारीको चुक्तापुँजी एक करोड १७ लाख रुपैयाँ रहेको छ ।

नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
२०५१ साल पुस १५ गते स्थापना भएको नेपाल सहकारी वित्तीय संस्था लिमिटेडको चुक्तापुँजी दुई करोड ९५ लाख रुपैयाँ रहेको छ भने केन्द्रीय कार्यालय काठमाडौँको नयाँ बानेश्वरमा रहेको छ ।

द सहारा लोन सेभिङ ओपरेटिभ्स सोसाइटी लिमिटेड
सर्लाहीको मंगलवामा केन्द्रीय कार्यालय रहेको द सहारा लोन सेभिङ ओपरेटिभ्स सोसाइटी लिमिटेडको स्थापना २०५२ साल वैशाख २ गते भएको थियो । यो सहकारीको चुक्तापुँजी १४ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

विन्ध्यावासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
२०५२ साल असार ७ गते केन्द्रीय कार्यालय रहेको विन्ध्यावासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालय काभ्रेको खोपासीमा रहेको छ । यो सहकारीको चुक्तापुँजी १७ करोड ५५ लाख रुपैयाँ रहेको छ ।  

महिला सहकारी संस्था लिमिटेड
काठमाडौँको कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको महिला सहकारी संस्था लिमिटेडको स्थापना २०५२ साल असोज ११ गते भएको थियो । यो सहकारीको चुक्तापुँजी दुई करोड ८४ लाख रुपैयाँ रहेको छ ।

सहकारी वित्तीय विकास संस्था लिमिटेड
बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको सहकारी वित्तीय संस्था लिमिटेडको चुक्तापुँजी दुई करोड रुपैयाँ रहेको छ । यो सहकारीको स्थापना २०५३ साल असार २ गते भएको थियो ।

श्री मनकामना सहकारी संस्था लिमिटेड
काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको श्री मनकामना सहकारी संस्था लिमिटेडको स्थापना २०५३ साल फागुन ७ गते भएको थियो । यो सहकारीको चुक्तापुँजी पाँच करोड ३७ लाख रुपैयाँ रहेको छ ।

भेरी सहकारी वित्तीय संस्था लिमिटेड
२०५३ साल फागुन महिनाकै २२ गते स्थापना भएको भेरी सहकारी वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय बाँकेको नेपालगञ्जमा रहेको छ भने चुक्तापुँजी एक करोड ८१ लाख रुपैयाँ रहेको छ ।

विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड
नवलपरासीको गैँडाकोटमा केन्द्रीय कर्यालय रहेको विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चुक्तापुँजी १७ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

किसान बहुद्देश्यीय सहकारी संस्था लिमिटेड
कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको किसान बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना २०५४ साल पुस १४ गते भएको थियो । यो सहकारीको चुक्तापुँजी छ करोड ७५ लाख रुपैयाँ रहेको छ ।

स्टार बहुद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड
स्टार बहुद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालय मोरङको विराटनगरमा रहेको छ । २०५५ साल वैशाख १ गते स्थापना भएको यो सहकारीको चुक्तापुँजी तीन करोड २४ लाख रुपैयाँ रहेको छ ।

हिमालय सहकारी संस्था लिमिटेड
२०५५ साल वैशाख महिनाकै १६ गते स्थापना भएको हिमालय सहकारी संस्था लिमिटेडको चुक्तापुँजी पाँच करोड ७० लाख रुपैयाँ रहेको छ भने केन्द्रीय कार्यालय काठमाडौँको पुरानो बानेश्वरमा रहेको छ ।

उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड
स्याङ्जाको वालिङमा रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चुक्तापुँजी पाँच करोड ४० लाख रुपैयाँ रहेको छ । यो सहकारीको स्थापना २०५६ साल चैत्र ८ गते भएको थियो ।

सिमित बैंकिङ कारोबार गर्ने यी १४ सहकारी संस्थाहरुमध्ये, नेपाल राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकको पनि नियमन गर्ने गर्दछ । पछिल्लो सहय सहकारी ऐनमार्फत ५० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने बचत तथा ऋण सहकारीहरुको नियमन राष्ट्र बैंकले गर्नुपर्ने आवाज उठाइएको छ । यद्यपि, सहकारी ऐन नै पारित हुन नसक्दा यो विषय पनि अन्यौलमा परेको छ । देशभर बचत तथा ऋणको कारोबार गर्ने १४ हजारभन्दा बढी सहकारी संस्था रहेका छन् । जसमध्ये करिब एक हजार सहकारी संस्थाले ५० करोड रुपैयाँभन्दा बढी वार्षिक कारोबार गर्ने गरेका छन् ।