Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रभु बैंकद्वारा ‘क्लिन एण्ड ग्रिन बुढानिलकण्ठ’ अभियान सञ्चालन

२०७४ भाद्र १० गते

प्रभु बैंक लिमिटेडले ‘क्लिन एण्ड ग्रिन बुढानिलकण्ठ’ नामक अभियान सञ्चालन गरेको छ । बैंकले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकासँगको सहकार्यमा उक्त अभियान सञ्चालन गरेको हो । अभियान अन्तर्गत प्रभु बैंकले बुढानिलकण्ठ नगरपालिकालाई हरियाली र स्वच्छ बनाउनका लागि मूख्य सडकका दायाँ–वायाँ दुवै तर्फ वृक्षारोपण गरेको छ । शनिबार एक कार्यक्रममाकाबीच प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले प्रभु बैंक हात्तिगौडा शाखा अगाडी वृक्षारोपण गरी संयुक्त रुपमा अभियानको उद्घाटन गरे । बैंक र नगरपालिकाबीच सहकार्य भएर शुचारु गरिएको अभियानमा स्थानीय वासिन्दाहरुले पनि साथ दिएका छन् । शनिबार सडक दायाँ–वायाँ वृक्षारोपण गर्ने कार्यक्रममा बैंकका कर्मचारी, नगरपालिकाका कर्मचारी साथै स्थानीय वासिन्दाको समेत उपस्थिति रहेको थियो । 
अभियान अन्तर्गत बुढानिलकण्ठ नगरपालिकाको हात्तिगौडा देखि गणेश चोकसम्म सडकका दायाँ–वायाँ दुबै तर्फ विरुवा रोप्ने बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले बताए । ‘प्रभु बैंकले सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्यहरु गर्दै आएको छ’ अभियान उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शेरचनले भने– ‘प्रभु बैंक आगामी दिनमा पनि निरन्तर रुपमा समाज सेवामा लागिरहने छ ।’ हरेक मान्छे स्वस्थ हुनका लागि वातावरण स्वच्छ हुनु आवश्यक रहेको भन्दै शेरचनले ‘क्लिन एण्ड ग्रिन बुढानिलकण्ठ’ अभियानले नगरलाई सुन्दर र स्वच्छ बनाउने धारणा व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर खरेलले नगरलाई सुन्दर र स्वच्छ बनाउन ‘क्लिन एण्ड ग्रिन बुढानिलकण्ठ’ अभियान सञ्चालन गरेकोमा प्रभु बैंकलाई धन्यवाद थिए । नगर विकासको लागि बैंकले गरेको कार्य महत्वपूर्ण रहेको भन्दै मेयर खरेलले यस्ता किसिमका सबै कार्यक्रममा सहकार्य गर्न नगरपालिका तयार रहेको बताए । 
बैंकले नगरपालिका कार्यालयको सहयोगमा हात्तिगौडादेखि गणेश चोकसम्मका मूख्य सडक किनारामा २ सय भन्दा बढि विरुवा रोप्नुका साथै तारबार समेत गरेको छ । विरुवाको संरक्षण भने स्थानीय वासिन्दा आफैले गर्ने बताएका छन् । यस अभियानको लागत ५ लाख भन्दा बढी रहेको बैंकले जनाएको छ ।  कार्यक्रममा प्रभु बैंकका कर्मचारीहरु स्थानिय वडा प्रतिनिधिहरु नगरपालिकाका कर्मचारीहरु तथा स्थानिय बासिन्दाहरुको बाक्लो उपस्थितिमा सम्पन्न भयो ।