२०७४ भाद्र ९ गते

दशैँअघि नै आठ अर्ब चुक्तापुँजी पुर्याउँदै ‘एनआईसी एसिया बैंक’

दशैँअघि नै साधारणसभा गरेर एनआईसी एसिया बैंक लिमिटेडले बोनस सेयर पारित गर्ने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सार्दै भदौ ३०गते वार्षिक साधारणसभा डोकेको छ । 

साधारणसभा प्रयोजनका लागि बैंकले भदौ १६ गतेदेखि भदौ ३० गतेसम्म सेयरधनी किताब बन्द गर्ने भएको छ । जसअनुसार भदौ १५ गते विहीबारसम्म कायम रहेका  लगानीकर्ताले मात्र २० प्रतिशत बोनस प्राप्त गर्नेछन् ।

बैंकले गत आर्थिक वर्षमा एक अर्ब ४६ करोड ९६ लाख ७२ हजार रुपैँया कमाएको छ । बैंकको चक्ता पूँजी ६ अर्ब ६९ करोड रहेकोमा बोनसपछि आठ अर्ब २ करोड रुपैँया पुग्नेछ ।