Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जा जोखिम के हो ? कसरी बढ्छ जोखिम ?

२०७४ भाद्र ७ गते

बैंकिङ खबर / कर्जा जोखिम भन्नाले कर्जा वा सापटी लिने वा दिने कुनै एक पक्षले पूरा गर्नुपर्ने दायित्व पूरा गर्नबाट बञ्चित गराइएको कारणबाट उत्पन्न हुने जोखिमलाई बुझ्नुपर्दछ । अर्थात, यो कर्जा लिने व्यक्ति वा संस्था वा कर्जा ग्राहकले लिएको कर्जा वा ऋिण वा सापट नतिरेको कारणले उत्पन्न हुन जाने जोखिम हो । कर्जा अवधिभित्रको विभिन्न चरणहरुमा यस्तो जोखिम सिर्जना हुन सक्दछ । कर्जा जोखिम व्यवस्थापनको मूख्य उद्देश्य जोखिमको न्युनिकरण गर्नका साथै कर्जा जोखिमलाई स्वीकृत मापदण्डभित्र कायम राखि बैंकको जोखिम समायोजित प्रतिफल दरलाई अधिकतममा पुर्याउनु हो । 

कर्जा जोखिम हुनुमा खास गरेर प्रभाग जोखिम (पोर्टफोलियो रिस्क) को ठूलो भूमिका हुन्छ । यस्तो जोखिम विशेषतः अतिकेन्द्रित जोखिमको कारण उत्पन्न हुन्छ । कुनै खास शीर्षकमा मात्रै लगानी केन्द्रित गर्ने र उक्त शीर्षकको असुलीमा बाधा आउँदा यस्तो जोखिम देखा पर्दछ । कारोबारको शिलशिलामा कर्जा जोखिमलाई मुल्यांकन गर्न कर्जा मापनले ठूलो मद्दत पुर्याउँछ । त्यस्तै, कर्जा प्रभाव विश्लेषणको माध्यमबाट पनि कर्जा जोखिमलाई अतिकेन्द्रित हुनबाट बचाउँछ । 

कर्जा मुल्यांकनको माध्यमबाट मापन गर्ने, कर्जा नोक्सानीको परिमाणको अनुमान गर्ने, वैज्ञानिक तवरले व्याजदर निर्धारण गर्ने तथा प्रभावकारी कर्जा विश्लेषण एवम् उचित प्रभाव व्यवस्थापन गर्न सक्यो भने कर्जा जोखिम व्यवस्थापन गर्न सरल हुन्छ ।