२०७४ भाद्र ५ गते

‘क’ वर्गका बैंकमा झन्डै चार सय जनालाई रोजगारी : हेर्नुहोस्, कहिलेसम्म छ आवेदन दिने म्याद ?

क वर्गका तीन बैंकहरुमा झन्डै चार सय जनाका लागि रोजगारी खुलेको छ । नविल बैंक, मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले उक्त अनुपातमा कर्मचारी माग गरेका हुन् । 

मेगा बैंक नेपाल लिमिटेडले १६७ जना कर्मचारी माग गरेको छ । बैंकले एसिस्टेन्ट लेभलमा सबैभन्दा धेरै कर्मचारी नियुक्त गर्न लागेको छ । ९६ जना एसिस्टेन्ट लेभलका कर्मचारी माग गरेको बैंकले अफिसर लेभलमा ५२ जना र मेनेजर लेभलमा १९ जनाको दरखास्त आह्वान गरेको छ । सबै पदका लागि बैंकले अनुभव मागेको छ । छनौट भएका कर्मचारीलाई बैंकले केन्द्रीय कार्यालयसहित विद्यमान शाखाहरु तथा आगामी दिनमा संचालनमा आउन लागेका शाखा कार्यालयहरुमा नियुक्त गर्नेछ । जागीरका लागि एप्लाई गर्ने म्याद भदौ ७ गतेसम्म रहेको छ । 

थप जानकारीका लागि तथा अनलाइन आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.megabanknepal.com/jobs/detail/6/mega-career-opportunities-09-aug-2017 

नविल बैंक लिमिटेडमा झन्डै दुई सय जनाका लागि रोजगारी खुलेको छ । बैंकले १० जना मेनेजमेन्ट ट्रेनी र १८० जना ट्रेनी एसिस्टेन्ट गरी १९० जना फ्रेस कर्मचारी माग गरेको हो । दुवै पदका लागि बैंकले अनुभव मागेको छैन । एप्लाई गर्ने म्याद ३० अगस्टसम्म रहेको छ ।

मेनेजमेन्ट ट्रेनी पदका बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.nabilbank.com/career/vacancies/posting/1/management-traniee-10-nos

मेनेजमेन्ट ट्रेनी पदमा एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://rollingplans.com.np/apply_nabil/index.php?c=MT-RPPL-081517E&p=Management%20Trainee

ट्रेनी एसिस्टेन्ट पदका बारेमा थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.nabilbank.com/career/vacancies/posting/2/trainee-assistant-180-nos

ट्रेनी एसिस्टेन्ट पदमा एप्लाई गर्नका लगि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://rollingplans.com.np/apply_nabil/index.php?c=TA-RPPL-081517E&p=Trainee%20Assistant

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा जागीर खुलेको छ । बैंकले अफिसर र मेनेजमेन्ट ट्रेनी तहमा कर्मचारी नियुक्त गर्न लागेको हो । अफिसर लेभलका लागि दुई देखि तीन वर्ष कमर्सियल बैंकमा काम गरेको अनुभव मागेको बैंकले मेनेजमेन्ट ट्रेनीका लागि अनुभव मागेको छैन ।

अनलाइनबाट आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.nibl.com.np/index.php?option=com_wrapper&view=wrapper&Itemid=134