Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पाँच कम्पनीको हकप्रद खुला : कुनको म्याद कहिलेसम्म ?

२०७४ भाद्र ४ गते

आज(भदौ ४ गते)देखि मुक्तिनाथ विकास बैंकले हकप्रद सेयर निष्काशन गरेको छ । यससँगै हाल हकप्रद सेयर निष्काशन खुला रहेका कम्पनीहरुको संख्या पाँच पुगेको छ । जसमध्ये, दुई वटा वाणिज्य बैंक, दुई वटा विकास बैंक र एउटा जलविद्युत् कम्पनी रहेका छन् । हेरौँ, कुन कम्पनीको हकप्रद सेयर भर्ने मिति कहिलेसम्म छ ?

माछापुच्छ्रे बैंक लिमिटेड
माछापुच्छ्रे बैंक लिमिटेडले साउन ५ गतेदेखि १२ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । भदौ ७ गतेसम्म खुला रहने सेयरमा जेठ १५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकले एक सय रुपैयाँ अंकित दरमा ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद सयर बिक्री गरेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखा एवं एनएमबि क्यापिटल नागपोखरीबाट सयरमा आवेदन दिन सकिने जनाइएको छ ।

कन्काई विकास बैंक लिमिटेड
कन्काई विकास बैंक लिमिटेडले २१४ प्रतिशत अर्थात एक दुई दशमलव १४ को अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ३२ करोड १० लाख रुपैयाँको ३२ लाख १० हजार कित्ता हकप्रद निष्काशन गरेको हो । झापाको दमकमा मुख्य कार्यालय रहेको तीन जिल्ले बैंकले हकप्रद बिक्री गर्नका लागि कन्काईले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकको हकप्रदमा क्यापिटलको कार्यालय नक्साल तथा कन्काई विकास बैंक कार्यालयहरु झापाको दमक, काँकडभित्ता, विर्तामोड, झिलझिले, गौरादह र राजगढ तथा मोरङको पथरी, खोर्साने र विराटनगरमा एवं इलाम जिल्लाको राँके, मंगलबारे, विल्याँटे शाखाबाट आवेदन गर्न सक्नेछन् । यसका साथै सिद्धार्थ बैंकका सबै शाखाहरुबाट समेत हकप्रदमा आवेदन गर्न सकिन्छ । हकप्रदमा असार १८ गतेसम्म कायम सेयरधनीले भदौ ११ गतेसम्म आवेदन दिन पाउनेछन् । 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ८८ करोड ५४ लाख २५ हजार सात सय रुपैयाँको एक करोड ८८ लाख ५४ हजार दुई सय ५७ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । भदौ १८ गतेसम्म निष्काशन खुला रहने सेयरमा असार २६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । यसअघि सेञ्चुरीमा गाभिएका इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकका सेयरधनीले समेत हकप्रदमा आवेदन गर्न पाउनेछन् । सिभिल क्यापिटल मार्केट लिमिटेड, सीटीसी मल सुन्धारा, काठमाडौं र सेञ्चुरी कमर्सियल बैंकका सबै शाखा कार्यालयहरुबाट बैंकको हकप्रदमा आवेदन दिन पाइनेछ ।

सानिमा माई हाइड्रोपावर लिमिटेड
सानिमा माई हाइड्रोपावर लिमिटेडले साउन २७ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब पाँच करोड ५० लाख रुपैयाँको एक करोड पाँच लाख ५० हजार कित्ता हकप्रद सेयर भदौ २९ गतेसम्ममा लागि निष्काशन खुला गरेको हो । सानिमा माईको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीले सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौ तथा सानिमा बैंक लिमिटेडका तोकिएका शाखा कार्यालय उपत्यकाभित्र चुच्चेपाटि काठमाडौ, कलंकी, काठमाडौं, कुमारीपाटी ललितपुर, महाराजगंज काठमाडौं, न्यूरोड, सूर्य्विनायक भक्तपुर र उपत्यका बाहिर विराटनगर, विरगंज, बिर्तामोड, बुटवल, दमक, धरान, लाहान, नारायाणगढ चितवन, नेपालगंज र पोखराबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेड
मुक्तिनाथ विकास बैंक लिमिटेडले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ६१ करोड ७० लाख ८६ हजार ५०४ रुपैयाँको ६१ लाख ७० हजार आठ सय ६५ कित्ता सेयर निष्काशन गरेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यालिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनआईबीएल क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकका सबै शाखाहरुबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । त्यसैगरी नेपाल इन्भेष्टभेन्ट बैंकको विराटनगर, नेपालगन्ज र धनगढी शाखाबाट पनि हकप्रद सेयरमा आवेदन गर्न सकिने बताइएको छ । सेयर निष्काशन असोज ८ गतेसम्म खुला रहेनछ ।