२०७४ श्रावण ३२ गते

‘बैंकिङ जब ट्रेनिङ’ सुरु हुँदै

आगामी भाद्र १८ गतेदेखि २५ गतेसम्म मिडिया इन्टरनेशनलको आयोजनामा ‘बैंकिङ जब ट्रेनिङ‘ संचालन हुने भएको छ । दैनिक दुई घण्टाका दरले आठ दिनसम्म चल्ने तालिममा सबै उमेर समूहका मानिसले भाग लिन पाउनेछन् । तालिममा सहभागी हुनका लागि सात हजार रुपैयाँ शूल्क निर्धारण गरिएको छ । 

बैंकिङ जब ट्रेनिङ किन ?
पछिल्लो समय बैंकिङ क्षेत्रमा जागीर खान चाहनेको संख्या अत्याधिक बढेको छ । बैंकिङ क्षेत्रमा पनि रोजगारीको अवसर आइरहेको छ । यद्यपि, व्यवस्थापन संकायमा नै अध्ययन गरेका विद्यार्थीहरु पनि बैंकमा जागीर नपाएर भौतारिरहेका छन् । बैंकमा जागीरको लागि एप्लाई गर्दा आफ्नो योग्यता पुगेर पनि बैंकले राखेन भन्ने गुनासो उनीहरुको छ । तर, बैंकहरु भने जागीरका लागि आउनेहरुसँग किताबी ज्ञान मात्रै भएको र बैंकबारे सामान्य जानकारी पनि नभएको बताउँछन् । व्यवस्थापन संकायमा स्नातक वा स्नातकोत्तर गरेर पनि बैंकमा प्रवेश गर्न नसकेकाहरुलाई लक्षित गरेर बैंकसम्बन्धी सम्पूर्ण जानकारीहरु उपलब्ध गराउने उद्देश्यले उक्त तालिमको आयोजना गर्न लागिएको मिडिया इन्टरनेशनलका अध्यक्ष एवम् बैंक जब ट्रेनिङका संयोजक माधव निर्दोषले बताए । नेपाल राष्ट्र बैंकका विज्ञ तथा विभिन्न बैंकका विज्ञहरुबाट प्रशिक्षण दिइने छ ।  

कस्ता जानकारी पाइन्छ ?
यो सात दिने तालिममा बैंकमा जागीर पाउनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रारम्भिक ज्ञान दिइनेछ । बैंकिङ प्रणालीबाट कसरी कर्जा प्रवाह गरिन्छ र बैंकले व्यापार तथा लगानी कसरी गर्छ भन्ने कुराको जानकारी तालिमले प्रदान गर्नेछ । साथमा बैंकिङ प्रणालीमा पुँजी वृद्धि, जोखिम व्यवस्थापन र तरलता व्यवस्थापन कसरी हुन्छ लगायतका अत्यावश्यकीय जानकारी तालिममा पाइनेछ । यसका अलावा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न, बैंकका प्रकार र तिनिहरुको काम, कर्तव्य तथा अधिकारहरुका बारेमा प्रष्ट हुन, बैंकिङ अन्तर्वार्तामा कसरी प्रस्तुत हुने भन्ने विषयमा बुझ्न, बैंकमा प्रयोग हुने प्रविधि र तिनिहरुलाई प्रयोग गर्ने तरिकाका बारेमा विस्तृतमा जान्नका लागि यो बैंकिङ जब ट्रेनिङ उपयोगी हुने बताइएको छ । 

विस्तृत जानकारीका लागि ४१०२६०६ र ९८४१२५९७०७ तथा इमेल ठेगाना mediainternationalnp@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।