Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले अब लघुवित्तलाई लाइसेन्स नदिने

२०७४ श्रावण ३२ गते
सेयर:

अब नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई लाइसेन्स नदिने भएको छ । यसअघि १० जिल्लामा लाइसेन्सिङ खुला रहेकोमा अब ती जिल्लाहरुमा पनि लघुवित्त संचालनमा ल्याउने नपाइने भएको छ । राष्ट्र बैंकले वित्तीय पहुँच नपुगेका मनाङ, जुम्ला, डोल्पा, कालिकोट, मुगु, जाजरकोट, बझाङ, बाजुरा र दार्चुलाबाहेकका ६५ जिल्लाहरुमा यसअघिदेखि नै लाइसेन्स बन्द गरेको थियो । मंगलबार निर्देशन जारि गर्दै राष्ट्र बैंकले पूर्ण रुपमा लाइसेन्स बन्द गर्ने निर्णय गरेको हो । सबै स्थानीय तहमा बाणिज्य बैंक वा विकास बैंकका शाखा पुग्ने भएपछि राष्ट्र बैंकले लघुवित्तको लाइसेन्स रोकेको हो ।