Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल इन्स्योरेन्सको नाफा ११ करोड नाघ्यो

२०७४ श्रावण ३१ गते

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा ११ करोड २० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षमा पाँच करोड ५८ लाख रुपैयाँ कमाएको कम्पनीले खुद मुनाफा दोब्बर बढाएको हो ।

२८ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी भएको बीमाले कम्पनीले जगेडाकोषमा १६ करोेड ७ लाख रुपैयाँ र बीमा कोषमा १३ करोड ४० लाख रुपैयाँ राखेको छ । बीमाको आम्दानी १४४ प्रतिशतले बढेर १७ करोड ६० लाख रुपैयाँ पुगेको छ भने खर्चमा २९३ प्रतिशतले बढेर ६ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

बीमाले यस अबधिमा बीमा शुल्क (खुद) ३१ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ भने २६ करोड ९० लाख रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ । यस अवधिमा कुल बीमा शुल्क रकम ७४ करोड ३९ लाख रुपैयाँ रहेको छ भने कुल दाबी भुक्तानी रकम ४२ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३७ दशमलब ०९ रुपैयाँ, पि ई अनुपात ६ दशमलब ७४ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ९२ दशमलब ८६ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्ति मूल्य ५ सय १४ दशमलब २४ रुपैयाँ रहेको छ ।