Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

चार निर्जिवन र दुई जीवन बीमा कम्पनी : गत आर्थिक वर्षमा कुनको प्रगति कस्तो ?

२०७४ श्रावण ३० गते

गत आर्थिक वर्षमा अिधकांश बीमा कम्पनीहरुले नाफा बढाएको विवरण सार्वजनिक गरेका छनन् । वित्तीय विवरण सार्वजनिक गरेका चार निर्जिवन र दुई जीवन बीमा कम्पनीहरुमध्ये, नेपाल लाइफ इन्स्योरेन्सबाहेक सबैको मुनाफा बढेको छ । 

निर्जिवन बीमा कम्पनीहरुमध्ये, नेको इन्स्योरेन्सको नाफा सबैभन्दा बढी रहेको छ भने नाफा धेरै बढाउनेमा पनि नेको नै अगाडी छ ।  

नेको इन्स्योरेन्स कम्पनी लिमिटेड
नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले ३३ करोड चार लाख रुपैयाँँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको १९ करोड २६ लाख रुपैयाँको तुलनामा ७३ दशमलव ५५ प्रतिशत बढी नाफा कमाएको हो । 

७१ करोड २८ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा २३ करोड ६० लाख रुपैयाँ र बीमाकोषमा २८ करोड ५१ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ७३ दशमलव ३६ प्रतिशत बढेर ३७ करोड १२ लाख रुपैयाँ पुगेको छ भने खर्च ७५ प्रतिशतले बढेर १६ करोड ११ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधीमा बीमा शुल्क ७४ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ भने २२ करोड ११ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दाबी गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २९ दशमलब ४६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १ सय ७३ दशमलव ३२ रुपैयाँ र मुल्य आम्दानीको अनुपात ३३ दशमलब ३० गुणा रहेको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा २३ दशमलब ७८ प्रतिशतले बढी हो । अघिल्लो बर्षको सोही अवधिमा सगरमाथाले २० करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

५३ करोड ८२ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा ३१ करोड ५६ लाख रुपैयाँ र बीमा कोषमा ३९ करोड १७ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी २३ दशमलव ९६ प्रतिशतले बढेर ४१ करोड ९१ लाख रुपैयाँ पुगेको छ भने खर्च २३ दशमलव ४८ प्रतिशत बढेर १६ करोड ३५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधिमा ७१ करोड ६४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ भने ४० करोड ४८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४७ दशमलब ४८ रुपैयाँ, प्रति सेयर नेटवर्थ २ सय ३६ दशमलव ६२ रुपैयाँ, तरलता अनुपात १ दशमलब ९८ गुणा र पि.ई. अनुपात ३४ दशमलव ५४ गुणा रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड
सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा २२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा १८ दशमलव ८१ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा सिद्धार्थले १८ करोड रुपैयाँ नाफा कमाएको थियो ।

५३ करोड ३६ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडकोषमा १४ करोड ४१ लाख रुपैयाँ र बीमाकोषमा ४१ करोड ३४ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी २० दशमलव ९८ प्रतिशतले बढेर ३६ करोड ९६ लाख रुपैयाँ पुगेको छ भने खर्च २४ दशमलव ३६ प्रतिशतले बढेर १४ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।

सिद्धार्थ इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४१ दशमलव ४७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३६ दशमलव १७ गुणा र प्रतिसेयर नेटवर्थ २१४ दशमलव ४९ रुपैयाँ रहेको छ ।

प्रभु इन्स्योरेन्स लिमिटेड
प्रभु इन्स्योरेन्स लिमिटेडले १७ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा १६ दशमलव १० प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा प्रभुले १४ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

५७ करोड ७५ लाख रुपैया चुक्ता पुजी रहेको प्रभु इन्स्योरेन्सले जगेडा कोषमा १५ करोड २ लाख रुपैयाँ र बिमा कोषमा ३३ करोड ५० लाख रुपैया राखेको छ । यस इन्स्योरेन्सको आम्दानी २४ दशमलव ६८ प्रतिशतले बढेर २९ करोड ८७ लाख रुपैयाँ पुगेको छ । कम्पनीले ८३ करोड ७४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै ३५ करोड ११ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीबाट अझै १९ करोड ६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी हुन बाँकी रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३० रुपैयाँ, मुल्य आम्दानी अनुपात ३३ गुणा, प्रतिसेयर नेटवर्थ २ सय ९४ रुपैयाँ र तरलता अनुपात २ दशमलव ३८ प्रतिशत रहेको छ ।

जीवन बीमा कम्पनीमा नेपाल लाइफ अगाडी
एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कमपनीले पनि आफ्नो गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरेका छन् । जसअनुसार, नेपाल लाइफ इन्स्योरेन्स मुनाफामा अगाडी रहेको छ । यद्यपि, नेपाल लाइफको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा भने उल्लेख्य रुपमा घटेको छ । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा ४१ करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५४ दशमलव ०५ प्रतिशतले घटेको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ९० करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 

तीन अर्ब नौ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडा तथा कोषमा चार अर्ब ७४ करोेड छ लाख रुपैयाँ र जीवन बीमा कोषमा ४० अर्ब २८ करोड ८९ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ३९ दशमलव ६३ प्रतिशतले घटेर ६७ करोड तीन लाख रुपैयाँ पुगेको छ भने खर्च २४ दशमलव ०१ प्रतिशतले बढेर २५ करोड ३७ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधिमा बीमा शुल्कवापत १२ अर्ब ५ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ भने दुई अर्ब ८६ करोड ६९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी १३ दशमलब ४५ रुपैयाँ, पि ई अनुपात १ सय ५९ दशमलब ६९ गुणा, प्रतिसेयर नेटवर्थ २ सय ६० दशमलब ३६ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्ति मूल्य १ हजार ६ सय ३९ दशमलब ०२ रुपैयाँ रहेको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चार करोड २१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद मुनाफामा ३७ दशमलब ५९ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो आर्थिक वर्षमा एशियनले तीन करोड छ लाख रुपैयाँ नाफा कमाएको थियो ।

८० करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा १८ करोड ९८ लाख रुपैयाँ र जीवन बीमाकोषमा १० अर्ब ८ करोड ८४ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी २९ दशमलब ८२ प्रतिशतले घटेर सात करोड ४४ लाख रुपैयाँ पुगेको छ भने खर्च २३ दशमलव ०७ प्रतिशतले बढेर तीन करोड २३ लाख रुपैयाँ पुगेको छ । कम्पनिले यस अवधिमा २ अर्ब २९ करोड १६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने १७ करोड २१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी पाँच दशमलब २३ रुपैयाँ, मूल्य आम्दानीको अनुपात दुई सय ७८ दशमलव ८८ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ४८ दशमलव २९ रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मूल्य १ हजार ६ सय ८५ दशमलव १६ रुपैयाँ रहेको छ ।