अर्थमन्त्रालयबाट जीवन बीमा व्यवसाय गर्न स्वीकृति पाएका १० कम्पनीहरु व्यवसाय संचालनको तयारीमा जुटेका छन् । जसमध्ये, ६ कम्पनीले बीमा समितिबाट सञ्चालन अनुमति पनि पाइसकेका छन् । आईएमई लाइफ, ज्योति लाइफ र युनियन लाइफ इन्स्योरेन्सले असार २० मा तथा रिलायन्स, रिलायबल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी साउन १८ गते अनुमति पाएका हुन् ।
बीमा समितिबाट असारमै संचालन अनुमति पाएका तीन कम्पनीहरुले साउनभित्रै व्यवसाय सुरु गर्ने भएका छन् । लाइसेन्सप्राप्त गरिसकेका बाँकी तीन कम्पनी अब भौतिक संरचना निर्माण र जनशक्ति व्यवस्थापनमा जुटेका छन् ।
अनुमति पाउन बाँकी ४ कम्पनीहरूमा सानिमा लाइफ, स्टार लाइफ, सिटिजन लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीले समितिले तोकेबमोजिम रू.२ अर्ब चुक्तापूँजी र्पुयाएको र ६ महीनाभित्र आवश्यक पूर्वाधार निर्माण, कर्मचारी व्यवस्थापन, पुनर्बीमा करार र बीमाङ्कीको नियुक्ति गरेपछि व्यवसाय शुरू गर्ने प्रमाणपत्र पाउनेछन् ।
हालै लाइसेन्स पाएका समेत गरी नेपालमा जीवन बीमा कम्पनीको सङ्ख्या १५ पुुगेको छ ।