हालसम्म १९ वटा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जसमध्ये, महुली सामुदायिक लघुवित्त र रिलायबल माइक्रोफाइनान्सबाहेक सबैले खुद मुनाफा बढाएका छन् । छिमेक लघुवित्तले सबैभन्दा धेरै नाफा कमाएको छ । १९ वटै लघुवित्तहरुको वित्तीय विवरण यहाँ प्रस्तुत गरिन्छ :
विजय लघुवित्त वित्तिय संस्था लिमिटेड
विजय लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षमा तीन करोड १७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा ३१ दशमलव २२ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा दुई करोड ४२ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
१६ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा चार करोड १२ लाख रुपैयाँ राखेको छ । जसले निक्षेपमा १ सय ६० दशमलव ३४ प्रतिशतले वृद्धि गरी १५ करोड १९ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा १०३ दशमलव ७१ प्रतिशतले वृद्धि गरी ८७ करोड ८६ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै खुद व्याज आम्दानी ५९ दशमलव १८ प्रतिशतले बढेर ७ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४० प्रतिशतले वृद्धि गरी ३ करोड ५३ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रोभिजनमा ९६ लाख रुपैयाँ राखेको छ ।
कम्पनीको निष्कृय कर्जा एक दशमलव ३१ प्रतिशत, पूँजीकोष अनुपात २१ दशमलव ७२ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १९ दशमलव ७४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६९ दशमलव ५५ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २५ दशमलव ६३ रुपैयाँ र तरलता अनुपात १४ प्रतिशत रहेको छ ।
रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेड
रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले २१ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा २२ दशमलव ६७ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्षमा कम्पनीले १७ करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
६९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रुरल माइक्रोफाइनान्सले जगेडाकोषमा एक अर्ब ३१ करोड ५३ लाख रुपैयाँ राखेको छ । जसले कर्जामा २१ दशमलव ३७ प्रतिशतले वृद्धि गरी पाँच अर्ब ७५ करोड ७३ लाख रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानी २४ दशमलव ०८ प्रतिशतले बढेर ३४ करोड ५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २४ दशमलव ८१ प्रतिशतले बढेर ३३ करोड २१ लाख रुपैयाँ पुगेको छ । प्रोभिजनमा १ करोड १ लाख रुपैयाँ राखेको छ ।
रुरल माइक्रोफाइनान्सको पूँजीकोष अनुपात २६ दशमलव ९५ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक ३० दशमलव ५४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २५ दशमलव ३८ गुणा र प्रतिसेयर नेटवर्थ २ सय ९० दशमलव ०५ रुपैयाँ रहेको छ ।
छिमेक लघुवित्त विकास बैंक लिमिटेड
छिमेक लघुवित्त विकास बैंक लिमिटेडले ५७ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा २२ दशमलव ०३ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा ४७ करोड २६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
८३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा ९५ करोड ४६ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ३० दशमलव ८७ प्रतिशतले वृद्धि गरी ९ अर्ब ६ करोड ८३ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा १२ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनभन्दा ३३ दशमलव ३३ प्रतिशतले वृद्धि हो । बैंकको खुद व्याज आम्दानी १९ दशमलव १२ प्रतिशतले बढेर १ अर्ब २४ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २२ दशमलव २८ प्रतिशतले वढेर ८८ करोड ९७ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ६ करोड १४ लाख रुपैयाँ राखेको छ भने खराब कर्जा ९८ लाख रुपैयाँ उठाएको छ ।
बैंकको पूँजीकोष अनुपात १४ दशमलव २८ प्रतिशत, निष्कृय कर्जामा शुन्य दशमलव ०९ प्रतिशत, प्रतिसेयर आम्दानी ६९ दशमलव ११ प्रतिशत, मुल्य आम्दानीको अनुपात २२ दशमलव ०७ गुणा, प्रतिसेयर नेटवर्थ २ सय १४ दशमलव ४६ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ५४ प्रतिशत रहेको छ ।
नागबेली लघुवित्त विकास बैंक लिमिटेड
नागबेली लघुवित्त विकास बैंक लिमिटेडले २३ दशमलव २९ प्रतिशतले वृद्धि गरी तीन करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा नागबेलीले दुई करोड ७३ लाख रुपैयाँ कमाएको थियो ।
पाँच करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा सात करोड ६५ लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेपमा ८ दशमलव २२ प्रतिशतले वृद्धि गरी ४२ करोड १८ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा ६२ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी १७ दशमलव ७४ प्रतिशत बढेर ७ करोड ३० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २ दशमलव ३८ प्रतिशतले बढेर ४ करोड ३९ लाख रुपैयाँ रहेको छ । जसले प्रोभिजनमा ८९ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा ९० लाख रुपैयाँ उठाएको छ ।
बैंकको निष्कृय कर्जा एक दशमलव ९७ प्रतिशत, पूँजीकोष अनुपात १७ दशमलव ५३ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक ६४ दशमलव ०७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४९ दशमलव १६ गुणा, प्रतिसेयर नेटवर्थ २०९ दशमलव २० रुपैयाँ र तरलता अनुपात २० दशमलव ८३ प्रतिशत रहेको छ ।
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड
सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले खुद मुनाफामा ५८ दशमलव ४५ प्रतिशतले बढोत्तरी गरी दुई करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा सूर्योदयले एक करोड ४९ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
चार करोड रुपैयाँ चुक्त पूँजी भएको सूर्योदय लघुवित्तले जगेडाकोषमा चार करोड १० लाख रुपैयाँ राखेको छ । निक्षेप ८० दशमलव ५७ प्रतिशतले वृद्धि गरी २५ करोड १२ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा ६३ करोड २५ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनाभन्दा ४८ प्रतिशतले वृद्धि गरेको हो । त्यस्तै खुद व्याज आम्दानी ६८ दशमलव २९ प्रतिशतले बढेर ६ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६० दशमलव ८६ प्रतिशतले बढेर ३ करोड ७२ लाख रुपैयाँ पुगेको छ । सूर्योदय लघुवित्तले प्रोभिजनमा ४१ लाख रुपैयाँ राखेको छ ।
सूर्योदय लघुवित्तको पूँजीकोष अनुपात ११ दशमलव ९४ प्रतिशत रहेको छ निष्कृय कर्जा शुन्य दशमलव ६९ प्रतिशत रहेको छ । जसको प्रतिसेयर आम्दानी वार्षिक ५९ दशमलव ३० रुपैयाँ, मुल्य आम्दानी अनुपात ११ दशमलव ३३ गुणा, प्रतिसेयर नेटवर्थ २०२ दशमलव ७३ रुपैयाँ र तरलता अनुपात ५ दशमलव ९३ प्रतिशत रहेको छ ।
महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड
महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चार करोड ३१ लाख रुपैयाँ खुद मु्नाफा आर्जन गरेको छ । संस्थाको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा एक दशमलव ४२ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा महुलीले चार करोड ३७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
चार करोड रुपैयाँ चुक्ता पुँजी भएको महुली सामुदायिकले जगेडाकोषमा १३ करोड ८४ लाख रुपैयाँ राखिएको छ । जसले निक्षेपमा २३ दशमलव ४९ प्रतिशतले वृद्धि गरी ५९ करोड ४९ लाख रुपैयाँ संकलन गरिएको छ । जसले कर्जामा १ अर्ब २१ करोड २ लाख रुपैयाँ लगानी गरेको छ । महुली सामुदायिकको खुद व्याज आम्दानी ३२ दशमलव ४७ प्रतिशतले वृद्धि गरेर १५ करोड ५० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १४ दशमलव ८१ प्रतिशतले वृद्धि गरेर ६ करोड २९ लाख रुपैयाँ पुर्याएको छ । लघुवित्तले १ करोड ८४ लाख रुपैयाँ प्रोभिजनमा राखिएको छ ।
महुली सामुदायिकको पुँजिकोषको अनुपात १३ दशमलव ८६ प्रतिशत, निष्कृय कर्जा १.८२ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १०७ दशमलव ९२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ४४६ दशमलव १५ रुपैयाँ र तरलता अनुपात १२ दशमलव ९० प्रतिशत रहेको छ ।
उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा साढे ७ गुणाले बढी हो । अघिल्लो आर्थिक वर्षमा संस्थाले २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
तीन करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी भएको उन्नति माइक्रोफाइनान्सले जगेडाकोषमा १४ करोड ८० लाख रुपैयाँ राखिएको छ । जसले निक्षेपमा साढे ३ गुणाले वृद्धि गरी १५ करोड ३३ लाख रुपैयाँ संकलन गरिएको छ । जसले कर्जामा ५७ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनाभन्दा साढे २ गुणाले वृद्धि गरेको हो । उन्नति माइक्रोफाइनान्सको खुद व्याज आम्दानी साढे ३ गुणाले बढेर ५ करोड १५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १० गुणाले वृद्धि गरेर २ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ । लघुवित्तले ३४ लाख रुपैयाँ प्रोभिजनमा राखिएको छ । उन्नति माइक्रोफाइनान्सको पुँजिकोषको अनुपात ९ दशमलव १९ प्रतिशत रहेको छ ।
नमस्ते वित्तीय संस्था लिमिटेड
नमस्ते वित्तीय संस्था लिमिटेडलेएक करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ जुन गत वर्षको तुलनाभन्दा २३ दशमलव ३७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा नमस्ते वित्तीय संस्थाले एक करोड १० लाख रुपैयाँ कमाएको थियो ।
आठ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको नमस्ते वित्तीय संस्थाले जगेडाकोषमा २ करोड ५३ लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेपमा १५ दशमलव ५१ प्रतिशतले वृद्धि गरी ३४ करोड ३७ लाख रुपैयाँ संकलन गरेको । जसबाट संस्थाले कर्जामा २६ करोड ३७ लाख रुपैयाँ लगानी गरेको छ । संस्थाको खुद व्याज आम्दानी ४० प्रतिशतले बढेर २ करोड ८६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २३ दशमलव ५२ प्रतिशतले वृद्धि गरी २ करोड १४ लाख रुपैयाँ पुर्याएको छ ।
नमस्ते वित्तीय संस्थाको निस्कृय कर्जा शुन्य दशमलव ७२ प्रतिशत, पूँजीकोषको अनुपात ३३ दशमलव ४४ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १६ दशमलव ४४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३१ दशमलव ५४ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ४८ दशमलव ५९ रुपैयाँ र तरलता अनुपात ५१ दशमलव ५० प्रतिशत रहेको छ ।
स्वरोजगार लघुवित्त बिकास बैंक लिमिटेड
स्वरोजगार लघुवित्त बिकास बैंक लिमिटेडले खुद मुनाफामा १५ दशमलव ७५ प्रतिशतले वृद्धि गरी दुई करोड ८६ लाख रुपैंया कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा दुई करोड ४७ लाख रुपैंया कमाएको थियो ।
छ करोड ९९ लाख रुपैयाँ रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडकोषमा ४ करोड ६२ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ६१ दशमलव ८२ प्रतिशतले वृद्धि गरी ४७ करोड ४६ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा १ अर्ब २८ करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनाभन्दा १२३ दशमलव ०९ प्रतिशतले वृद्धि हो । बैंकको खुद व्याज आम्दानीमा पनि वृद्धि गर्न सफल भएको छ । बैंकको खुद ब्याज आम्दानी ४६ दशमलव ०३ प्रतिशतले ९ करोड २२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा १५ दशमलव ७५ प्रतिशतले बढेर ४ करोड ५० लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ८४ लाख रुपैयाँ छुटाएको छ ।
बैंकको प्रतिसेयर आम्दानी वार्षिक ४० दशमलव ९१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक ४२ दशमलव ८९ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ६६ दशमलव ०९ रुपैयाँ र तरलता अनुपात ७ दशमलव ४६ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव २२ प्रतिशत रहेको छ भने पुँजीकोष अनुपात ९ दशमलव ५५ प्रतिशत रहेको छ ।
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ४८ लाख रुपैयाँ कमाएको छ । जबकी गत वर्षको सोहि अवधिमा २७ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
चार करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको सपोर्ट माइक्रोफाइनान्सको जगेडाकोषमा ३१ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ३८३ दशमलव ३३ प्रतिशतले वृद्धि गरी २ करोड ९७ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जा २६ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ । यसको खुद व्याज आम्दानी ६३३ दशमलव ३३ प्रतिशतले वृद्धि गरी २ करोड २६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५७ लाख रुपैयाँ पुगेको छ । यसले प्रोभिजनमा १८ लाख रुपैयाँ राखेको छ ।
सपोर्ट माइक्रोफाइनान्सको निष्कृय कर्जा शुन्य दशमलव ८२ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १६ दशमलव ९८ प्रतिशत रहेको छ ।
रिलायबल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
रिलायबल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ४० दशमलव ०३ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहिअवधिमा मुनाफा १ करोड ८८ लाख रुपैयाँ कमाएको थियो ।
५ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी भएको रिलायबल माईक्रोफाइनान्सले जगेडाकोषमा ४ करोड १३ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १ सय प्रतिशतले वृद्धि गरी १६ करोड ३४ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा २७ दशमलव ५३ प्रतिशतले वृद्धि गरी ४५ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ । रिलायबल माईक्रोफाइनान्सको खुद व्याज आम्दानी ७ दशमलव ३९ प्रतिशतले बढेर ५ करोड ३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४० प्रतिशतले घटेर १ करोड ७७ लाख रुपैयाँ पु्गेको छ ।
रिलायबल माईक्रोफाइनान्सको निष्कृय कर्जा २ दशमलव ४१ प्रतिशत, पुँजीकोष अुनपात १६ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक २० रुपैयाँ, मुल्य आम्दानीको अनुपात ९७ दशमलव ६९ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३८ दशमलव १८ रुपैयाँ र तरलता अनुपात २८ दशमलव १६ प्रतिशत रहेको छ ।
मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेन्ट बैंक लिमिटेड
मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेन्ट बैंक लिमिटेडले एक करोड ५४ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा ३३ दशमलव ४६ प्रतिशत बढी हो । अघिल्लो बर्षमा मिर्मिरेले एक करोड १५ लाख रुपैयाँ कमाएको थियो ।
तीन करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा तीन करोड ९२ लाख रुपैयाँ राखेको छ । निक्षेपमा एक सय ३८ दशमलव ८२ प्रतिशतले वृद्धि गरी २० करोड ३३ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा ८२ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ जबकि अघिल्लो वर्षको तुलनामा १ सय १ दशमलव ७१ प्रतिशतले वृद्धि हो । बैंकको खुद व्याज आम्दानी ७१ दशमलव ०५ प्रतिशतले बढेर ६ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १८ दशमलव ७५ प्रतिशतले वढेर १ करोड ९७ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा १ करोड ४ लाख रुपैयाँ राखेको छ भने ४५ लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव ४४ प्रतिशतले घटेर १ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात शुन्य दशमलव ७७ प्रतिशतले घटेर ८ दशमलव ६६ प्रतिशत रहेको छ । जसको प्रतिशेयर आम्दानी वार्षिक ५१ दशमलव ५९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक ४२ दशमलव ८४ गुणा, तरलता अनुपात १०१ प्रतिशत र प्रतिशेयर नेटवर्थ २३० दशमलव ६८ रुपैयाँ रहेको छ ।
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
१० करोड रुपैयाँ चुक्ता पुँजी भएको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सात करोड २१ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो वर्ष चार करोड आठ लाख रुपैयाँ कमाएको संस्थाले खुद मुनाफामा ७६ दशमलव ५० प्रतिशत बढोत्तरी गरेको हो ।
नेशनल माइक्रोफाइनान्सले यो अवधिमा निक्षेपमा तीन गुणाले वृद्धि गरी ३२ करोड ६० लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ८५ दशमलव १७ प्रतिशतले वृद्धि गरी एक अर्ब ६२ करोड ४६ लाख रुपैयाँ लगानी गरेको छ । नेशनल माइक्रोफाइनान्सको खुद व्याज आम्दानी ६६ दशमलव ६६ प्रतिशतले वृद्धि गरेर १४ करोड एक लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७६ दशमलव ५६ प्रतिशतले बढेर ११ करोड ३३ लाख रुपैयाँ पुगेको छ । कम्पनीले ६९ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ भने जगेडाकोषमा १२ करोड २ लाख रुपैयाँ राखेको छ ।
असार मसान्तसम्ममा नेशनल माइक्रोफाइनान्सको पुँजीकोषको अनुपात १३ दशमलव ६८ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ४७ प्रतिशत रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ७२ दशमलव ११ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २३ दशमलव ७७ गुणा, प्रतिसेयर नेटवर्थ २२० दशमलव २४ रुपैयाँ र तरलता अनुपात १८ दशमलव ३० प्रतिशत रहेको छ ।
स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड
स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा ५३ दशमलव ३३ प्रतिशत प्रगति गर्दै दुई करोड ३९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष संस्थाले एक करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
१० करोड रुपैयाँ चुक्ता पुँजी भएको स्वदेशी लघुवित्तले जगेडाकोषमा दुई करोड ८५ लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा १६६ दशमलव ४० प्रतिशतले वृद्धि गरी ३४ करोड ११ लाख रुपैयाँ संकलन गरेको लघुवित्तले कर्जामा एक अर्ब ३९ करोड ३३ लाख रुपैयाँ लगानी गरेको छ । यस लघुवित्तको खुद व्याज आम्दानी ७४ दशमलव ६२ प्रतिशतले बढेर ११ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६० प्रतिशतले बढेर एक करोड ६६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले प्रोभिजनमा तीन करोड ७१ लाख रुपैयाँ राखेको छ भने खराब कर्जा दुई करोड नौ लाख रुपैयाँ उठाएको छ ।
स्वदेशी लघुवित्तको निष्कृय कर्जा एक दशमलव २४ प्रतिशत रहेको छ भने पूजिकोषको अनुपात नौ दशमलव ८३ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी वार्षिक ३२ दशमलव ४८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३८ दशमलव ६६ रुपैयाँ र तरलता अनुपात १० दशमलव ५० प्रतिशत रहेको छ ।
वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
वोमी माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटडले चालु दुई करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा २३ दशमलव ५२ प्रतिशत बढी नाफा कमाएको हो । लअघिल्लो आर्थिक वर्षमा वोमीले एक करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
छ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी भएको वोमीले जगेडाकोषमा तीन करोड ९४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ९४ दशमलव ६९ प्रतिशतले वृद्धि गरि २५ करोड ७५ लाख रुपैयाँ संकलन गरेको संस्थाले कर्जामा ७१ दशमलव ३५ प्रतिशतले वृद्धि गरी ६५ करोड ८६ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी १७ दशमलव ६४ प्रतिशतले बढेर छ करोड तीन लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २४ प्रतिशतले बढेर तीन करोड १२ लाख रुपैयाँ पुगेको छ । वोमी माइक्रोफाइनान्सले ६५ लाख रुपैयाँ प्रोभिजन राखेको छ भने १७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ३२ दशमलव ४१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६१ दशमलव ०६ गुणा, तरलता अनुपात २२ दशमलव ३४ गुणा र प्रतिसेयर नेटवर्थ एक सय ६० दशमलव ९१ रुपैयाँ रहेको । त्यस्तै, निष्कृय कर्जा एक दशमलव १३ प्रतिशत रहेको छ भने पूँजीकोषको अनुपात १६ दशमलव ५५ प्रतिशत रहेको छ ।
चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड
चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७३।७४ मा ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष १६ लाख रुपैयाँ नोक्सानमा रहेको चौतारीले उल्लेख्य प्रगति हासिल गर्दै सो मुनाफा आर्जन गरेको हो ।
दुई करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएको चौतारी लघुवित्त वित्तीय संस्थाले जगेडाकोषमा नौ करोड १९ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ४३४ दशमलव २६ प्रतिशतले वृद्धि गरी आठ करोड ८८ लाख रुपैयाँ संकलन गरेको संस्थाले कर्जामा २२३ दशमलव ५२ प्रतिशतले वृद्धि गरी ३८ करोड ५३ लाख रुपैयाँ लगानी गरेको छ । संस्थाको खुद व्याज आम्दानी ७३३ दशमलव ३३ प्रतिशतले बढेर दुई करोड ५६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४७ लाख रुपैयाँ रहेको छ । चौतारी लघुवित्त वित्तीय पूँजीकोषको अनुपात ३० दशमलव ८४ प्रतिशत रहेको छ ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले ७२ दशमलव ५८ प्रतिशतले वृद्धि गरी १० करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षमा कमाएको छ । अघिल्लो वर्ष संस्थाले जम्मा छ करोड २४ लाख रुपैयाँ मुनाफा गरेको थियो ।
२२ करोड रुपैयाँ चुक्ता पुँजी भएको लक्ष्मी लघुवित्तले जगेडा कोषमा १६ करोड ९५ लाख रुपैयाँ राखेको छ भने निक्षेप ६६ दशमलव ४९ प्रतिशतले वृद्धि गरी ६६ करोड १२ लाख रुपैयाँ संकलन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा ३९ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै कर्जामा ५८ दशमलव शून्य २ प्रतिशतले वृद्धि गरी २ अर्ब १८ करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ । खुद ब्याज आम्दानीमा ६४ दशमलव ४२ प्रतिशतले बढेर २४ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७३ दशमलव ६८ प्रतिशतले बढेर १६ करोड ५३ लाख रुपैयाँ पुगेको छ । लक्ष्मी लघुवित्तले प्रोभिजनमा १ करोड १५ लाख रुपैयाँ राखिएको छ ।
लक्ष्मी लघुवित्तको निष्कृय कर्जा शून्य दशमलव ५० प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १७ दशमलव शून्य ७ प्रतिशत रहेको छ । जसको प्रतिसेयर आम्दानी वार्षिक ४८ दशमलव ६९ रुपैयाँ रहेको छ । मूल्य आम्दानीको अनुपात ३८ दशमलव २२ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ७७ दशमलव ०८ रुपैयाँ र तरलता अनुपात १४ दशमलव ४९ प्रतिशत रहेको छ ।
फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक
फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले आठ करोड दुई लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ४७ दशमलव १९ प्रतिशत बढी नाफा कमाएको हो । बैंकले अघिल्लो आर्थिक वर्षमा पाँच करोड ४५ लाख रुपैयाँ कमाएको थियो ।
३९ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी भएको फर्स्ट माइक्रोफाइनान्सले जगेडाकोषमा १२ करोड २५ लाख रुपैयाँ छुटाएको छ । फसर््टले कर्जातर्फ ३० दशमलव ३२ प्रतिशत वृद्धि गरी तीन अर्ब ४० करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ४२ दशमलव ३८ प्रतिशतले बढेर १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४९ दशमलव ५२ प्रतिशतले बढेर १२ करोड ४२ लाख रुपैयाँ पुगेको छ । यो माइक्रोफाइनान्सले प्रोभिजनमा ७९ लाख रुपैयाँ राखेको छ ।
माइक्रोफाइनान्सको पुँजीकोषको अनुपात १५ दशमलव ५८ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी २० दशमलव २९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ५२ दशलमव ८५ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३० दशमलव ९८ रुपैयाँ र तरलता अनुपात १० दशमल ७० प्रतिशत रहेको छ ।
मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले खुद मुनाफामा २२ दशमलव ७५ प्रतिशतले वृद्धि गरी नौ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष मेरो माइक्रोफाइनान्सले सात करोड ५६ लाख रुपैयाँ कमाएको थियो ।
२२ करोड रुपैयाँ चुक्ता पूँजी भएको मेरो माइक्रोफाइनान्सले जगेडाकोषमा १६ करोड ९७ लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेपमा १०२ दशमलव ०२ प्रतिशतले वृद्धि गरी ४९ करोड ९५ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा २ अर्ब ४० करोड ३२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा ६३ दशमलव ७४ प्रतिशतले वृद्धि गरी २० करोड ८३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफामा २० दशमलव ३३ प्रतिशतले वृद्धि गरी १४ करोड २२ लाख रुपैयाँ कमाएको छ ।
मेरो माइक्रोफाइनान्सको पूँजीकोषको अनुपात १६ दशमलव ३० प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ९८ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक ४२ दशमलव १९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७७ दशमलव १४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५२ दशमलव २४ गुणा र तरलता अनुपात ६ दशमलव ६९ प्रतिशत गरेको छ ।