काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको असोज मसान्तसम्म कर दाखिला गर्ने करदातालाई १० प्रतिशत छुट दिने भएको छ । ‘करदातालाई समयमा कर तिर्ने वातावरण सिर्जना गर्नका लागि महानगरले यस्तो स्किम ल्याएको हो ।
चालु आर्थिक बर्षमा महानगरले गत बर्षको तुलनामा ३ गुणा धेरै कर उठाउने लक्ष्य लिएको छ । गत आर्थिक बर्षमा घरजग्गा कर बापत ५८ करोड रुपैयाँ उठाएको महानगरले यसपटक एक अर्ब ५० करोड उठाउने लक्ष्य लिएको हो ।