Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

लाइसेन्सप्राप्त जीवन बीमा कम्पनीको संख्या १५ पुग्यो

२०७४ श्रावण १९ गते

नेपालमा लाइसेन्सप्राप्त जीवनबीमा कम्पनीको संख्या १५ पुगेको छ । बीमा समितिले बुधबार तीन वटा कम्पनीलाई जीवन बीमा व्यवसाय सञ्चालनको लागि अन्तिम स्वीकृति प्रदान गरेपछि अब १५ वटा कम्पनीले जीवन बीमासम्बन्धी सेवा दिने भएका छन् । यीमध्ये, नौ वटा कम्पनी पहिलदेखि नै सञ्चालनमा छन् भने तीन वटाले हालै अनुमति पाएर सञ्चालनको अन्तिम तयारी गरिरहेका छन् । बाँकी तीन वटाले भने बुधबार मात्रै व्यवसाय सुरु गर्न स्वीकृति पाएका हुन् । 

बुधबार स्वीकृति पाउनेमा रिलायन्स, रिलायबल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छन् । यसअघि, असार २० गते आईएमई, युनियन र ज्योतिले लाइसेन्स पाएका थिए । जीवन बीमा कम्पनी सञ्चालनको अनुमति माग गर्दै बीमा समितिमा पुगेका १० कम्पनीमध्ये हालसम्म ६ वटाले लाइसेन्स पाएका हुन् । बाकी चार वटा कम्पनी पनि लाइसेन्स लिने प्रक्रियामा छन् । 

बुधबार स्वीकृति पाएका तीन वटै कम्पनीले दुई अर्ब चुक्तापुँजी पुर्याएका छन् । यी कम्पनीहरुले अब छ महिनाभित्र काम सुरु गरिसक्नुपर्नेछ । बाँकी तीन वटाले भने साउनभित्रै काम सुरु गर्ने तयारी गरेका छन् ।