Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

पानामा लिक्समा पाकिस्तानी प्रधानमन्त्री दोषी

२०७४ श्रावण १३ गते

पानामा लिक्स प्रकरणमा पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ दोषी ठहरिएका छन् । त्यहाँको सर्वोच्च अदालतले उनलाई कालो धन जम्मामा पारेको आरोपमा दोषी ठहर गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सईद खोसा र गुलजार अहमद पााच सदस्यीय इजलासले नवाज शरीफलाई दोषी ठहर गरेको बीबीसीले उल्लेख गरेको छ । बीबीसीमा उल्लेख भए अनुसार उनी अब प्रधानमन्त्री पदका लागि अयोग्य ठहरिनेछन् । अदालतको फैसलापछि नवाज शरीफले अब पदबाट राजीनामा दिनुपर्छ ।