Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

जव साइन्स पढेकै व्यक्ति कृषि व्यबसयामा फर्किए

२०७४ असार ३१ गते

तरकारी खेती गर्ने भन्नेबित्तिकै शैक्षिक योग्यता नपुगेर होला वा विदेशमा हन्डर खाएर फर्केका युवा सम्झने गरिन्छ । तर त्यसको विपरीत मोरङको ग्रामीण भेग कदमहा, रङ्गेली, अमाही बरियाती, सिसवनिजहदा र कटहरीका युवा कृषक स्नातक तहमा अध्ययन गर्दै तरकारी खेती गर्दै आएका छन् । 

अमाही बरियातीका सुवासचन्द्र गच्छदार विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विज्ञान विषयमा स्नातक तहमा अध्ययन गर्दै आएका छन् । स्नातक पढ्दै गरेका विद्यार्थी पाँच जनाको समूह बनाएर चार बिगाहा जग्गा भाडामा लिएर खेती सुरु गरेको भए पनि गत वर्ष उनीहरुले आठ कट्ठामा भन्टा र गोलभेँडा मात्रै लगाएका थिए । उनीहरुले गत वर्ष भन्टाबाट खर्च कटाएर रु ७० हजार र गोलभेँडाबाट रु ५० हजार नाफा कमाए । तर यस वर्ष भने चार बिगाहामा नै उनीहरुले तरकारी लगाएका छन् । 

यस वर्ष कम्तीमा पनि रु १० लाख आम्दानी गर्ने लक्ष्य उनीहरुको छ । पुरानो तरिका छाडेर आधुनिक प्रविधि र व्यावसायिक तरिकाले खेती गर्दा आम्दानी पनि राम्रो हुने र कृषिमा देशलाई आत्मनिर्भर बनाउन सकिनेमा युवा विश्वस्त रहेको कद्माहा–७ का कृषक जितेन्द्रकुमार मण्डलको भनाइ छ ।

उनीहरुले कद्माहामा फार्म तयार पारेका छन् । त्यो फार्मको बाहिरी भागमा पूरै किरा नछिर्नेखालको जाली लगाएका छन् । विज्ञान विषय पढेका यी युवाको उत्साहलार्ई हेर्दा लाग्छ यी युवा नै हुन् जो कृषिमा केही गर्न खोज्दैछन् र यहीबाट कृषि क्रान्ति सुरु भइरहेको छ ।

आफ्नो फार्ममा दुईजनालाई रोजगारी दिइरहेको गच्छदारको भनाइ छ । स्वदेशमा रोजगारी पाइएन भनेर युवा विदेश पलायन भइरहेको अवस्थामा ग्रामीण भेगका यी युवा उदाहरण बनेका छन् । रासस