Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

असार १२ गतेसम्म कायम सेयरधनीले मात्रै लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद भर्न पाउने

२०७४ असार ५ गते

लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद प्रयोजनका लागि कम्पनीले यही असार १३ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । जसअनुसार, असार १२ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीले निष्काशन गर्न लागेको हकप्रद भर्न पाउनेछन् । 

लुम्बिनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३९ करोड रुपैयाँ बराबरको ३९ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि कम्पनीले सीबीआईएल क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । 

हाल लुम्बिनी जेनेरल इन्स्योरेन्सको चुक्तापुँजी ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको कमाईबाट १८.१८ प्रतिशत बोनस सेयर जारी गर्दैछ । बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ४६ करोड रुपैयाँ पुग्नेछ । बोनसअघिकै चुक्तापुँजीबाट एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ७८ करोड रुपैयाँ पुग्नेछ ।