भिबोर सोसाईटी डेभलपमेन्ट बैंक लिमिटेड र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीसँगको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले विहीबार यी दुईको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो । गत वैशाख २८ गते सम्पन्न साधारणसभाबाट पारित भएबमोजिम लुम्बिनी फाइनान्स एण्ड लिजिङको एक सय कित्ता सेयर बराबर भिवोर सोसाइटीको ८० कित्ता सेयर आदान प्रदान गर्ने गरी यी दुई संस्था मर्जरमा जान लागेका हुन् । मर्जरपछि बन्ने बैंकको नाम लुम्बिनी विकास बैंक लिमिटेड रहने भएको छ । यस बैङ्कको मर्जर प्रक्रियाको लागि २०७३ माघ २५ गतेबाट हालसम्म सेयरधनी दर्ता पुस्तिका बन्द रहेको छ ।