Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

अमेरिकाको केन्द्रीय बैंकले फेरि बढायो व्याजदर, यसै वर्षमा अझै बढ्न सक्ने

२०७४ असार १ गते

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्बले पुनः व्याजदर बढाएको छ । यसै साता बसेको फेडरल रिजर्भको दुई दिने वैठकले शुन्य दशमलब २५ प्रतिशतले व्याजदर बढाउने निर्णय गरेको हो । तीन महिनाअघि मात्रै फेडरल रिजर्भले ०.२५ प्रतिशतका दरले व्याजदर बढाएर एक प्रतिशत पुर्याएको थियो । अब, अमेरिकोको व्याजदर १.२५ प्रतिशत पुगेको छ । फेडरलले यसै वर्ष अझै एक पटक ब्याज दर वृद्धि गर्न सक्ने बताइएको छ । सन् २००८ मा अमेरिकामा ब्याजदर निकै उच्चतहमा रहेको थियो ।

तीब्र्र गतिले बढेको महंगीको दवाव तथा उपभोक्ता सूचक (कन्जुमर स्पेंडीइंग) औसत देखिएकोले ब्याज दरमा वृद्धि गरिएको फेडरलले जानकारी दिएको छ । अहिले बैंकको पुरा ध्यान मुलुकको वासलातलाई ट्रिम गर्नुमा रहेको बताइएको छ ।