Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एनबि इन्स्योरेन्सको शतप्रतिशत हकप्रद असार ५ देखि

२०७४ जेष्ठ १९ गते

एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ५ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । गत वैशाख १४ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएको एनबिले असार ५ गतेदेखि साउन ९ गतेसम्म उक्त अनुपातमा हकप्रद सेयर निष्काशन तथा विक्री खुला गर्न लागेको हो । 

एनबिले एक सय रुपैयाँ अंकित मूल्यमा २७ करोड रुपैयाँ बराबरको २७ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद सेयर निष्काशनका लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । इच्छुक लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय तथा एनबिका सम्पूर्ण शाखाहरुबाट हकप्रद फारम लिन सक्नेछन् । जेठ ३ गतेसम्म कायम सेयरधनीले सो हकप्रद भर्न पाउनेछन् । 

हाल एनबि इन्स्योरेन्सको चुक्तापुँजी २७ करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी ५४ करोड रुपैयाँ पुग्नेछ । ०७५ असार मसान्तसम्ममा कम्पनीले एक अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।