Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

पुँजीवृद्धिका लागि यस्तो छ, बीमा संस्थानको योजना

२०७४ जेष्ठ १८ गते

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुलाई चुक्तापुँजी बढाउन निर्देशन दिएपछि बीमा क्षेत्रमा पनि पुँजीवृद्धिको लहर चल्न थालेको छ । यसैबिच, सरकारी स्वामित्वमा रहेको जीबन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले सर्बसाधारणलाई सेयर जारी गर्ने प्रस्ताव गरेको छ । चुक्ता पुँजी बढाउन संस्थानलाई कम्पनी मोडलमा परिणत गरी साधारण सेयर (आइपिओ) जारी गर्ने प्रस्ताव संचालक समितिले अघि सारेको हो । कम्पनीको ३० प्रतिशत सेयर सर्बसाधारणलाई दिने र बाँकी ७० प्रतिशत सरकार तथा सरकारी कम्पनीहरुकै राख्ने योजना कम्पनीको छ । बीमा समितिको निर्देशनबमोजिम जीवन बीमा कम्पनीहरुले ०७५ असार मसान्तसम्ममा चुक्तापुँजी दुई अर्ब रुपैयाँ पुर्याउनुपर्नेछ ।