Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

गुराँस लाइफ इन्स्योरेन्सका सेयरधनीलाई आठ प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद सेयर पनि

२०७४ जेष्ठ १८ गते

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको बुधबारको संचालक समितिको बैठकले आठ प्रतिशत बोनस वितरण गरेपछि सो अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सारेको हो । प्रस्तावित बोनस र हकप्रद सेयर कम्पनीको आगामी साधारणसभा र बीमा समितिबाट पारित सेयरधनीले पाउनेछन् । 

हाल कम्पनीको चुक्तापूँजी ५५ करोड रुपैयाँ रहेको छ । आठ प्रतिशत बोनसपछि कम्पनीको पूँजी ५९ करोड ४० लाख रुपैयाँ पुग्नेछ । त्यसपश्चात ५० प्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको पूँजी ८९ करोड १० लाख रुपैयाँ पुग्नेछ । बीमा समितिको निर्देशन अनुसार गुराँसले ०७५ असार मसान्तसम्ममा दुई अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने छ ।