Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

गोमा एयरका मृतक पाईलटलाई एलाईसीले दियो जीवन बीमा रकम 

२०७४ जेष्ठ १६ गते

जेष्ठ १३ गते लुक्लामा गोमा एयरको कार्गो विमान दुर्घटना हुँदा दिवगंत भएका पाईलट क्याप्टेन पारस कुमार राईको परिवारलाई एलआईसी नेपालले जीवन बीमाबापतको रकम प्रदान गरेको छ । स्वर्गीय राईले केही वर्ष अघि आफ्नो नाममा एलआईसी नेपालबाट रु. ५० लाख बीमाङ्कको सावधिक बीमा र छोरीको नाममा रु. ३० लाख बीमाङ्कको बालबीमा पोलिसी लिएका थिए । एलआईसी नेपालका कम्पनी सचिव विनोद भुजेल, एजेन्सी म्यानेजर विमल ढुंगाना र अभिकर्ता लाक्पा सोना शेर्पाले रु. ६५ लाख पच्चिस हजारको चेक मृतकको घरमा नै गई परिवारलाई हस्तानान्तरण गरेका छन् । एजेन्सी म्यानेजर विमल ढुंगानाका अनुसार छोरीको बाल बीमा अँन्तर्गत बा“की सम्पूर्ण विमाशुल्क मिनाहा हुनेछ र परिपक्वता समयपछि बीमाबापतको सम्पूर्ण रकम कम्पनीले प्रदान गर्नेछ ।