Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

डा. रबिन्द्र घिमिरे महालक्ष्मी लाइफ इन्स्योरेन्सको बिशेषज्ञ सञ्चालकमा नियुक्त

२०७४ जेष्ठ ११ गते

हालै सञ्चालनको अनुमति प्राप्त गरी व्यवसाय सुरु गर्ने प्रक्रियामा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्राध्यापक डा. रबिन्द्र घिमिरेलाई बिशेषज्ञ सञ्चालकमा नियुक्त गरेको छ । त्यस्तै, कम्पनीको सञ्चालक समितिले प्रकाश खनाललाई सल्लाहकारमा नियुक्त गरेको छ । 

घिमिरे बीमा बिषयमा विद्यावारिधि गरेका छन् भने खनाल पनि बीमा क्षेत्रका अनुभवी व्यक्ति हुन् । 

महालक्ष्मी लाइफ इन्स्योरेन्समा महालक्ष्मी डेभलपमेन्ट बैंकको मूख्य लगानी रहेको छ ।