Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

केही महिनाभित्रै व्यवसाय सुरु गर्न लागेको बीमा कम्पनीले १०९ जना कर्मचारी माग्यो

२०७४ जेष्ठ १० गते

भर्खरै सञ्चालनको अनुमति पाएर व्यवसाय सुरु गर्ने तरखरमा रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा एक सय नौ जना कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यकाबाहिरका लागि २० जना मेनेजमेन्ट ट्रेनी र ५० जना अफिसर ट्रेनी एसिस्टेन्ट माग गरेको छ । त्यस्तै, छ जना मेनेजर, एक जना एक्चुअरी, दुई जना लिगत अफिसरको दरखास्त आव्हान गरिएको छ भने भ्यालीभित्रका लागि १० जना मेनेजमेन्ट ट्रेनी र २० जना अफिसर ट्रेनी एसिस्टेन्ट माग गरिएको छ । 

मेनेजर पदका लागि कम्पनीले कम्तीमा स्नातक उतीर्ण गरी बैंक तथा बीमा क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव माग गरेको छ । लिगल अफिसरका लागि कानुन विषयमा स्नातक गरेको हुनुपर्ने बताइएको छ । अन्य पदका लागि कुनै पनि विषयमा स्नातक गरेको हुनुपर्ने बताइएको छ । अनुभव भएकालाई प्राथमिकता दिइने समेत कम्पनीले प्रष्ट पारेको छ । 

job.citizenlife@gmail.com अथवा POB: 10692 थापाथली काठमाडौँ मार्फत जागीरको लागि एप्लाई गर्न सकिनेछ । यो सूचना प्रकाशित भएको मिति (मे २४)को २५ दिनभित्र आवेदन दिइसक्नुपर्ने बताइएको छ ।